पीएम कप क्रिकेट: तेस्रो जीतसँगै आर्मी समूह ‘बी’ को शीर्ष स्थानमा « Khabarhub

पीएम कप क्रिकेट: तेस्रो जीतसँगै आर्मी समूह ‘बी’ को शीर्ष स्थानमा


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत हात पारेको छ । प्रस्तावित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ११७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

आर्मीले दिएको २९१ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले ३५ ओभर १ बलमा सबै विकेट गुमाएर १७३ रन मात्रै बनाउन सक्यो । कर्णालीका सुशान्त थापाले ३१ रन, ललित प्याखुरेलले २८ रन, दिवान पुनले २६ रन र युनिस सिंहले २० रन बनाए । कर्णालीविरुद्ध आर्मीका बलरहरुले उत्कृष्ट बलिङ गरे । आर्मीका सुशान भारीले ४ विकेट लिए भने करण केसी र सहाव आलमले समान २-२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा पुरा खेल्दै ९ विकेट गुमाएर २९० रनको योगफल बनाएको थियो । आर्मीका लागि तीन जना ब्याट्सम्यानले अर्धशतक पुरा गरे । ओपनिङ ब्याट्सम्यान राजु रिजालले ६६, रोहित कुमार पौडेलले ५६ रन बनाउँदा अर्का ओपनिङ ब्याट्सम्यान हरिकृष्ण झाले ५२ रन बनाए ।

आर्मीविरुद्ध कर्णालीका ललित प्याकुरेलले ५ विकेट लिएका थिए । तीनवटै खेललगातार जीतेको आर्मी समूह ‘बी’ मा ६ अंकसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ५ : १२ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर