काठमाडौं र चितवनमा ‘एक्सक्लुसिभली अष्ट्रेलिया इन्फर्मेसन डे’ « Khabarhub

काठमाडौं र चितवनमा ‘एक्सक्लुसिभली अष्ट्रेलिया इन्फर्मेसन डे’


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै ‘एक्सक्लुसिभली अष्ट्रेलिया इन्फर्मेसन डे’ हुने भएको छ ।

उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श दिँदै आएको एजुकेशन प्लानेटले ‘अष्ट्रेलिया जान अव नो झन्झट, वन डे–वन स्पट इट्स इ–प्लानेट एक्सक्लुसिभली अष्ट्रेलिया नाम गरी विशेष शैक्षिक जानकारी मुलक कार्यक्रम आयोजना गर्न लागेको हो ।

आगामी पौष २५ गते काठमाडौंस्थित आफ्नै संस्थाको केन्द्रीय कार्यालय बागबजार र पौष २७ मा भरतपुर गार्डेन रिसोर्ट चितवनमा आयोजना हुने यस कार्यक्रममार्फत अष्ट्रेलियाका उत्कृष्ट कलेज तथा युनिभर्सिटीहरुसाग त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत परामर्श दिइने छ । अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई त्यहाँको शिक्षा प्रणाली, भिषा प्रकृया र छात्रवृत्तिलगायतका आवश्यक विषयमा एकै ठाउँबाट पर्याप्त जानकारी दिने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

मेलामार्फत छात्रवृत्ति सम्बन्धी जानकारी, आएल्टस प्राप्ताङ्कमा सुधार ल्याउने तरिका र अष्ट्रेलिया पुगेपछिको करियरका बारेमा पनि जानकारी दिइने छ । १५ भन्दा बढी युनिर्भसिटी तथा कलेज प्रतिनिधिमार्फत एकै दिन एकै छानामुनि सम्पूर्ण जानकारी दिने उदेद्देयले आयोजना गरिएको यस कार्यक्रममा छात्रवृत्ति, ग्राण्ट्स, करियर स्कोपका साथै अष्ट्रेलियामा काम गर्न र छिटो–छरितो तरिकाले भिसा लगाउन चाहिने आवश्यक काजजात र आर्थिक लगानीको बारेमा समेत जानकारी दिइने आयोजकले जनाएका छन् ।

कार्यक्रममा सहभागी हुने विद्यार्थीमध्ये एकजनालाई लक्की ड्रमार्फत ल्यापटप प्रदान गरिने कुरा पनि यस कार्यक्रमा जानकारी गराइएको छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ३ : १५ बजे

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

काठमाडौं– नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको छ।

हारजितको अनुमान र मत सर्वेक्षणप्रति निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हारजितको अनुमान

रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै

एजेन्सी– रूस र यूक्रेनबीचको युद्ध नजिकिँदै चार वर्षपछि फेरि अमेरिकाको

प्रसाईँलाई रिहा गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक