‘ए’ डिभिजन लिगमा आज हिमालयन शेर्पा र थ्रीस्टार भिड्दै | Khabarhub Khabarhub

‘ए’ डिभिजन लिगमा आज हिमालयन शेर्पा र थ्रीस्टार भिड्दै


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक‘ए’डिभिजन लिग फुटबलको आठौं चरणमा आज (आइतबार) हिमालयन शेर्पा क्लब थ्रीस्टार क्लबविरुद्ध खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको एक मात्रै खेल बेलुकी पौने ५ बजे सुरु हुनेछ ।

लगातार तेस्रो खेलमा जित निकालेको हिमालयन शेर्पा आज चौथो जितको योजनामा छ भने पाँच खेलयता अपराजित थ्रीस्टार पनि जितको खोजीमा छ ।

पछिल्लो खेलमा जावलाखेलविरुद्ध स्पष्ट तीन अंक हाँसिल गरेको थ्रीस्टार आफ्नो लय कायम राख्न चाहन्छ ।

थ्री स्टार ७ खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको छ । शेर्पा ७ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

विश्वास श्रेष्ठको कप्तानीमा रहेको शेर्पा र विक्रम लामाको कप्तानीमा रहने थ्रीस्टार दुबैलाई राष्ट्रिय तथा युवा खेलाडीको भर छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ८ : १२ बजे

ला लिगा : ओभिएदोमाथि बार्सिलोनाको सानदार पुनरागमन जित

काठमाडौं – ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा बार्सिलोनाले

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौं – एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असोज १० गते शुक्रबार। आश्विन

आज २०८२ साल असोज १० गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज १० गते शुक्रबार। आश्विन