टिपरसँग ठोक्किदा मोटरसाइकल चालकको मृत्यु « Khabarhub

टिपरसँग ठोक्किदा मोटरसाइकल चालकको मृत्यु


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

रा२प १८४० नंको मोटरसाइकल घोराही–११ बुकालीडाँडा नजिकै लुअप १२५६ नंको जीप र ना७ख ५३१२ नंको टिपरसँग ठोक्किएर दुर्घटना परेको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक ५३ वर्षीय पदम बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए।

चालक बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको जनाइएको छ । दुर्घटनामा घाइते टेकबहादुर बस्नेतलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको र मदन बस्नेत सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

जीप चालक र टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १० : १० बजे

विश्वकपको पहिलो सेमिफाइनल: एम्बाप्पे भर्सेज यामाल, कसले मार्ला बाजी?

काठमाडौँ – फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार दुई

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ – आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

अबको विश्वकपमा ६४ टोली सहभागी गराउने फिफाको तयारी : इन्फान्टिनोको प्रस्तावमा के छ ?

काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० को

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार २९ गते सोमबार सन् २०२६