कमल थापाले रोके राष्ट्रिय एकता अभियान | Khabarhub Khabarhub

कमल थापाले रोके राष्ट्रिय एकता अभियान


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा पूर्वअध्यक्ष कमल थापाले २७ पुसबाट गर्न लागिएको राष्ट्रिय एकता अभियान रोकेका छन् । कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि उनले अभियान रोकेको जानकारी दिएका हुन् ।

‘२७ पुसदेखि सुरु गर्न लागिएको ’राष्ट्रिय एकता अभियान’ केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत सो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ’, थापाले भनेका छन् ।

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पार्टी कार्यालयमा समेत नगई बसेका थापाले राष्ट्रिय एकता अभियान गर्न लागेका थिए ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ५ : १५ बजे

रसुवाका सहायक प्रजिअ भन्छन्- बाढीमा कम्तीमा ११ जना बेपत्ता छन्

काठमाडौं – रसुवामा आएको बाढीले अहिलेसम्म ११ जना बेपत्ता भएको

राष्ट्रियसभा बैठकमा जलस्रोत विधेयकमाथि छलफल हुने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मङ्गलबार बस्दैछ । बैठक दिउँसो

चीनको केरुङ र लेन्देखोलामा राति नै उर्लिएको थियो बाढी, मितेरी पुल बगायो

रसुवा – चिनियाँ क्षेत्रस्थित केरुङ र लेन्देखोलामा मंगलबार सबेरै बिहान

चीनबाट आएको बाढीले टिमुरे सुख्खा बन्दरगाह र रसुवागढी विद्युत आयोजनामा ठूलो क्षति

रसुवा – चीनतर्फबाट केरुङ र लेन्देखोलामा अचानक आएको बाढीले रसुवामा

गण्डकीमा घरेलु मदिरालाई कानूनी मान्यता, उद्योग दर्ताको बाटो खुला

पोखरा– गण्डकी प्रदेशमा स्थानीय स्तरमा उत्पादित घरेलु मदिरालाई कानूनी मान्यता दिइने