राजनीतिक परिवर्तन भयो तर नेपालीको चेतनामा परिवर्तन आएन: बाबुराम भट्टराई (भिडियो) « Khabarhub

राजनीतिक परिवर्तन भयो तर नेपालीको चेतनामा परिवर्तन आएन: बाबुराम भट्टराई (भिडियो)


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलहरु गम्भीर भए मुलुकको आर्थिक समृद्धिमा कुनै समस्या नहुने बताएका छन् ।

राष्ट्रिय व्यापार संघले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा भट्टराईले गफ गरेर मात्र मुलुकमा समृद्धि नआउने भन्दै समृद्धिका लागि राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताएका हुन् ।

भट्टराईले विज्ञहरूसँग ज्ञान, सीप र अनुभव सदुपयोग गरेर अगाडि लैजान सके मुलुक समृद्ध बन्न सक्ने धारणा राखे । उनले मुलुकको आर्थिक समस्या समाधानका लागि नीजि क्षेत्रको सवै निकायबीच साझेदारी हुनुपर्ने बताए । साथै उनले देशमा राजनीतिक परिवर्तन भए पनि नागरिकमा चेतना नआइसकेको समेत बताए ।

मुलुक औद्योगिक पूँजीवादी विकासको चरणमा नेपाल रहेको भन्दै उनले वित्तीय पूँजी, व्यापारिक पूँजी र औद्योगिक पूँजीबीचको सन्तुलन मिल्नुपर्ने उल्लेख गरे ।

साथै उनले विकासको बाधक संरचनालाई बदल्न गरेको क्रान्ति पूरा नभएका कारण नै समस्या भएको जिकिर गरे ।

भिडियो:

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ४ : ४४ बजे

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

काठमाडौँ– निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न सम्बन्धित

स्वास्थ्य सचेतनासँगै निःशुल्क परीक्षण शिविर

झापा– झापाको अर्जुनधारामा स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमसँगै स्थानीयवासीलाई लक्षित गरी निःशुल्क

प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्ष सेठबीच आज भेटवार्ता हुँदै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल भ्रमणमा रहेका भारतीय

सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका– ८ स्थित वीरेठाँटी–घान्द्रुक सडकखण्डको पुनर्निर्माण आजदेखि

सुरक्षित मातृत्वमा फड्को मार्दै बाँकेको नरैनापुर

बाँके– बाँकेको दुर्गम क्षेत्रका रुपमा रहेको नरैनापुर गाउँपालिकाले सुरक्षित मातृत्वको