भिजिट भिसामा दुबई पुगेका सयौँ नेपालीको बिचल्ली, उद्धारका लागि आग्रह « Khabarhub

भिजिट भिसामा दुबई पुगेका सयौँ नेपालीको बिचल्ली, उद्धारका लागि आग्रह



दोहा– रोजगारीको नाममा युएईको दुबईलगायत अन्य खाडी मुलुक भिजिट भिसामा आउने नेपालीको संख्या ह्वात्तै बढेसँगै विभिन्न समस्याहरू पनि निम्तिन थालेका छन् ।

नेपालमा बेरोजगार बनेका नेपाली युवाहरु राम्रो तलब र काम पाइने आशामा दलाललाई लाखौँ रकम तिरेर खाडी मुलुक छिरिरहेका छन् ।

पछिल्लो समय विभिन्न दलालमार्फत भिजिट भिसामा दुबई पुगेका १ सय १८ नेपालीको बिचल्लीमा परेका छन् । यसरी अलपत्र पर्नेहरुमा नेपाली सेनाका जागीर छोडेर दुबई पुगेका छन् भने उनीहरुलाई भिजिट भिसामा त्यहाँ पुर्‍याएर बिचल्लीमा पर्ने मुख्य एजेन्ट दुबईमा रहेको त्रिनेत्र कन्सल्टेन्सीका मालिक कोमलराज उपाध्याय रहेको पीडितहरूले बताएका छन् ।

एजेन्ट उपाध्याय लगायतको ठूलो गिरोहले पिडितहरुलाई राम्रो रोजगारी दिलाइदिने भन्दै जनही प्रतिव्यक्ति १ लाख ७० हजार देखि ८ लाख रुपैयाँसम्म लिएर आफूहरूलाई दुबई ल्याएको र अहिले अलपत्र अवस्थामा छाडेको बताएका छन् ।

ती नेपाली युवाहरुले अहिले आफूहरु युएईकाे दुबई, बरदुबइ, सारजा क्षेत्रमा अलपत्र अवस्थामा रहेकाले आफूहरुलाई जतिसक्दो उद्धार गर्नका याचना गरेका छन् । कतिपय नेपालीहरू महिनैदेखि कामविहीन भएर बस्दा भिजिट भिसाको म्याद सकिएको र ओभरस्टे हुँदा जरिवानामा समेत पारिएको दुखेसो पोखेका छन् ।

कुनै पनि बहानामा काम गर्ने उद्देश्यले भिजिट भिसामा दुबई नआउन आग्रह गर्दै  नेपाल एसाेसियसन युएईका युवा संयाेजक भिम मल्ल ठकुरीले भिजिटमा यहाँ आएर अलपत्र परेका १ सय १८ जना युवाहरूले आफूहरुलाई दलालले फसाएको भन्दै उद्धार गर्न आग्रह गरेकाले आवश्यक समन्वय गरिएकाे बताए ।

यता, यूएईस्थित नेपाली दूतावासले भने यसअघि विभिन्न समयमा सूचना जारी गर्दै भिजिट भिसामा कामका लागि नआउन आग्रह गरेपनि भिजिट भिसामा त्यहाँ पुगेर अलपत्र पर्ने क्रम बढ्दो छ ।

दूतावासले कसैको ललाइफकाइ वा आश्वासनमा पारेर रोजगारीको अपेक्षासहित भिजिट भिसामा युएई नआउन र  प्रचलित कानुन बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा आउन नेपाली कामदारहरुलाई अनुरोध गरिरहेको छ ।

यसअघि नै दूतावासले पछिल्ला दिनहरुमा नेपालीहरु भिजिट भिसामा युएई आएर रोजगारीको खोजी गर्ने गरेको अनौपचारिक जानकारी प्राप्त भएको र त्यसरी आउनेहरु ठगीमा परेको, रोजगारी नपाएर अलपत्र परेका वा विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भनेर गुनासो आउन थालेपछि दूतावासले सचेत गराएको थियो ।

कान‍ूनअनुसार श्रम स्विकृति लिएर बाहेक अन्य प्रक्रियाबाट आएर कुनै समस्यामा पर्नेहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट समेत सहयोग गर्न नसकिने स्पष्ट पारेको छ ।

भिजिट भिसामा आएर काम नपाएमा वा भने अनुसारको काम नपाएमा सम्बन्धी कम्पनी वा अन्य जिम्मेवार निकायलाई कारवाही गर्न समेत नसकिने हुनाले यसमा सजग रहन दूतावासले आग्रह गरेको छ ।

त्यसरी भिजिट भिसामा ल्याउनेहरुले ठगी गर्ने, युएई ल्याईसकेपछि अलपत्र छोडिदिने वा नेपाल सरकारले रोजगारीका लागि प्रतिबन्ध लगाएका मुलुकहरुमा लैजाने तथा मानव तस्करहरुको सञ्जालमा समेत पर्न सक्ने हुँदा भिजिट भिसामा नआउन भनेको छ ।

 

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ११ : १९ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना