मेडिकल कलेजको माग गर्दै डेलिकेसन | Khabarhub Khabarhub

मेडिकल कलेजको माग गर्दै डेलिकेसन


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– गाईघाटमा मेडिकल कलेज स्थापनाकाे माग गर्दै यहाँका जनप्रतिनिधिको टोली डेलिकेसनमा गएकाे छ ।

उदयपुरमा मेडिकल कलेज खोल्न तीन वर्षअघि देखि भइरहेको प्रयासस्वरुप त्रियुगा नगरपालिका नगर प्रमुख वलदेव चौधरी, चौदण्डीगढी नगरपालिका नगर प्रमुख खगेन्द्र राईसहितको १७ जनाको टोली काठमाडाै‌ गएकाे हाे ।

तीन वर्षअघि विज्ञसहितको स्वास्थ्य मन्त्रालयको टोलीले उदयपुरमा मेडिकल कलेज खोल्न सम्भाव्यता अध्ययन गरेकाे थियाे । त्यसैबेला कलेजका लागि स्थलगत अध्ययन समेत भएकाे थियाे ।

नगर प्रमुख चौधरी नेतृत्वकाे डेलिगेसन टाेलीले शनिबार उदयपुर १ का सांसद एव‌ परराष्ट्रमन्त्री डा. नारायण खड्का र विभिन्न मन्त्रालयका सरोकारवालासँग भेट गरेकाे छ ।

नगर प्रमुख चौधरीले शनिबार नै डा. खड्का निवासमा सर्वपक्षीय सहभागितामा बैठक बसी गाईघाटमा मेडिकल कलेज खोल्न आवश्यक जग्गा व्यवस्थापनदेखि बजेट माग गर्नेसम्मको विषयमा छलफल गरेको मन्त्री खड्काको सचिवालयले जानकारी दिए ।

यस्तै मन्त्री खड्कासँग त्रियुगा र चौदण्डीगढी नगरपालिकामा मुख्य समस्याको रुपमा रहेको ऐलानी र अव्यवस्थित भूमि व्यवस्थापन गर्ने गरी कामअघि बढाउने सम्झौता समेत भएको नगर प्रमुख चौधरीले बताए । त्यसका लागि मन्त्रालयबाट आवश्यक बजेट माग गर्ने र बाँकी नगरपालिकाले बेहोर्ने सम्झौता भएको छ ।

नगरपालिकाका विभिन्न वडामा आवश्यक पुल, सडक, खानेपानी र विद्युतीकरणलगायत विषयमा छलफल गरी योजना निर्माण र सञ्चालनका लागि बजेट माग गर्ने निर्णय भएको छ ।

यसै वर्ष मेडिकल कलेज निर्माणका लागि जग्गा टुंगो लगाउँदै संघीय सरकारमार्फत आवश्यक बजेट माग गर्ने निर्णय पनि भएकाे जनाइएकाे छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  २ : ४५ बजे

उद्योग वाणिज्य महासंघमा राजनीति छिर्‍यो

म ०५८ देखि ०६० सम्म उद्योग वाणिज्य महासंघको अध्यक्ष रहेँ

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिने बढ्दै

कञ्चनपुर– कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र

हरिशयनी एकादशीमा कालीगण्डकी नदीमा स्नान गर्नेको भुइँचो

पर्वत– हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदै छन् ।

सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

चितवन– सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु भएको छ ।