चितवन एमालेको अधिवेशन अनिश्चित « Khabarhub

चितवन एमालेको अधिवेशन अनिश्चित


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा एमाले चितवनको १०औँ अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना महामारीको तेस्रो लहर (ओमिक्रोन) बढ्दै गएको भन्दै अधिवेशन अनिश्चितकालका लागि स्थगन भएको हो ।

यसअघि अध्यक्षमण्डलले सोमबार नयाँ कार्यसमितिमा रहन इच्छुक नेताहरूबीच सहमति गराएर नामावली घोषणा गर्ने कार्यक्रम थियो । चितवन एमालेको अध्यक्षका लागि रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल र तेजेन्द्र खड्काले इच्छा देखाएका छन् । अध्यक्षमा इच्छा देखाएका कमल पाठक उपाध्यक्षमा बस्ने बताएका थिए ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन गृह मन्त्रालयलाई सिफारिस गरेकाले अधिवेशन हाललाई स्थगित गरेको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताइन् ।

अध्यक्ष रावल र सचिव प्रकाश खनाल ‘शैलेस’ले सोमबार विज्ञप्ति जारी गर्दै पार्टी कार्यकर्ता एवं सर्वसाधारणमा पर्न सक्ने स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन हाललाई स्थगित गरिएको जनाएका हुन् ।

सर्वसम्मतिबाट जिल्ला अध्यक्षसहित कार्यसमिति सदस्य चयन गर्न ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । अध्यक्ष मण्डलमा जिल्ला अध्यक्ष पार्वती रावल र पूर्व अध्यक्ष कृष्णभक्त पोखरेलसहित चितवनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेताहरू छन् ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ५ : ४६ बजे

बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

काठमाडौं– ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया

धरानमा अनलाइन जुवा वानएक्स बेट : १५ थान मोबाइलसहित १० जना समातिए

सुनसरी- अनलाइन जुवा खेल्ने-खेलाउने १० जनालाई प्रहरीले पक्राउ गरेको छ

सञ्चार मन्त्रालयको कार्यप्रगति : स्मार्ट लाइसेन्स छपाइ, सरकारी कुरियर सेवा, दूरसञ्चार सेवा सुधार

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनामा भए/गरेका

चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

चितवन– चालु आर्थिक वर्षको साउनदेखि जिल्लामा रहेका २२६ भूमिहीन दलित, भूमिहीन

सुनको मूल्य आजपनि घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य आजपनि घटेको छ । अघिल्लो