पत्रकार महासंघका जिल्ला अध्यक्ष श्रेष्ठको घरमा चोरी गर्ने चार जना सार्वजनिक « Khabarhub

पत्रकार महासंघका जिल्ला अध्यक्ष श्रेष्ठको घरमा चोरी गर्ने चार जना सार्वजनिक


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठको घरमा सुन चोरी गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले प्रक्राउ गरेको छ ।

गत पुस १२ गते दिउँसो श्रेष्ठको चौतारास्थित पुरानो बजारमा रहेको घरमा कोही नभएको अवस्थामा दराजको ताला फुटाइ दराजभित्र रहेको १३ तोला सुन र १ लाख नगद चोरी गर्ने एक महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजानिक गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेकी सुनकोशी गाउँपालिकाकी २० वर्षीया किशोरी कञ्चन पराजुली मार्फत् अन्य युवाहरूले चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उनीसँगै सिन्धुपाल्चोक इन्द्रावती १० बडहरेका २४ वर्षीय मनिष सुन्दास , इन्द्रावती ९ सिपाटारका २५ वर्षका वुद्ध तामाङ र सिपाटारकै २६ वर्षका विक्की भन्ने अनिल तामाङ संलग्न रहेको जनाएको छ ।

कञ्चन पीडित श्रेष्ठको घरमा भाडामा बस्दै आएकी थिइन् । श्रेष्ठको धनमाल चोरीमा उनकै प्रमुख भूमिका देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मनिष काठमाडौँमा प्लस टुमा एकै कलेजमा कञ्चनसँगै अध्ययन गर्दै आएका थिए ।

काठमाडौँमा खटिएका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक हरिवोल केसीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । चोरीमा संलग्न एक महिलाले दिएको बयानका आधारमा सोही दिन पक्राउ गरिएको र अन्यलाई एक हप्ता लामो अनुसन्धान पश्चात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी राजन अधिकारीले बताए ।

उनीहरूले चोरी गरेको केही सुनहरु भागबन्डा गरेको र केही गहनाको स्वरुप परिवर्तन गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई धनमाल चोरी कसुर अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ११ : ०४ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध