आज पृथ्वीजयन्ती ! यसरी मनाइँदै | Khabarhub Khabarhub

आज पृथ्वीजयन्ती ! यसरी मनाइँदै


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।

यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।

पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए। पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए। नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा जन्मजयन्ती मनाइन्छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा कमलादीबाट सांस्कृतिक झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकास्थित पृथ्वीनारायण शाहको सालिकमा जम्मा भई माल्यार्पण गर्ने कार्यक्रम रहेको छ।

यसैगरी दिउँसो साढे दुई बजे जमलस्थित राष्ट्रिय नाचघरमा नेपालका विभिन्न सांस्कृतिक झलकको प्रस्तुति गरिने भएको छ । यस्तै अन्य सङ्घसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरी पृथ्वीजयन्ती मनाउँदैछन् ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ६ : २८ बजे

बीपी राजमार्गमा रुटका सबै सवारी साधन सञ्चालन हुने

काठमाडौं– अविरल वर्षा र बाढी पहिरोका कारण अवरुद्ध भएको बीपी

प्रहरीको आवरणमा ठगी धन्दा, एक जना पक्राउ

रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखका घुमुवा हुँ भन्दै

भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते

बर्दिया– भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार

प्रदर्शनअघि नै पीटीआईका ३५ कार्यकर्ता पक्राउ

एजेन्सी– अक्टोबर १५ मा हुने पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) को प्रदर्शनअघि

अवरुद्ध सडक खुल्नासाथ पाथीभरामा तीर्थयात्रीको चहलपहल

फुङ्लिङ – सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो