नेकपा एमालेको कैलाली अध्यक्षमा रतन थापा निर्वाचित « Khabarhub

नेकपा एमालेको कैलाली अध्यक्षमा रतन थापा निर्वाचित


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – नेकपा (एमाले) कैलाली जिल्ला अध्यक्षमा रतन थापा झिनो मतकासाथ विजयी भएका छन् । थापाले प्रत्यासी रणबहादुर चन्दलाई ४ मतले पराजित गरेका हुन्। आठौं अधिवेशन अन्तर्गत भएको चुनावमा थापाले २ सय ८७ मत पाउँदा चन्दले २ सय ८३ मत ल्याएका थिए ।

उपाध्यक्षमा सीताराम बुढाथोकीलाई पराजित गर्दै जो दुर्गा जोशी विजयी भएका छन् । जोशीले ३ सय २७ मत पाए भने बुढाथोकीले २ सय ९ मत पाएका हुन् ।

सचिवमा डेजी पाण्डे २ सय ९४ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी दानबहादुर विक २ सय ६० मत ल्याएर पराजित भए।

उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन् ।

उपाध्यक्ष र सचिवमा विजयी भएका जोशी र पाण्डे दुबै चन्द प्यानलका उममेदवार हुन् ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ७ : १५ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले