एमाले लमजुङको ९० सदस्यीय जिल्ला कमिटीमध्ये ३१ जना महिला निर्वाचित « Khabarhub

एमाले लमजुङको ९० सदस्यीय जिल्ला कमिटीमध्ये ३१ जना महिला निर्वाचित


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– नेकपा एमाले जिल्ला कमिटी लमजुङमा ९० जना जिल्ला कमिटीमा ३१ जना महिला निर्वाचत भएका छन् ।

२३ देखि २६ पुससम्म भएको अधिवेशनबाट अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध चयन भएका थिए । यस्तै, उपाध्यक्षमा यशोदा रिमाल, सचिवमा सुभाष पौडेल सर्वसहमत चयन भएका छन् ।

चार जनाबीच भएको उपसचिवको निर्वाचनमा भने जितबहादुर गुरुङ र जनकराज मिश्र निर्वाचित भएका छन् । साथै ९० जनाको जिल्ला कमिटीमा ३१ जना महिलासमेत निर्वाचित भएका छन् ।

एमालेको आठौं जिल्ला अधिवेशन निर्वाचन कमिटीले मत परिणाम घोषणापश्चात प्रमाणपत्र प्रदान गरेको छ । निर्वाचन कमिटीका निर्वाचन अधिकृत विमल अधिकारीका अनुसार पदाधिकारीहरूलाई अध्यक्ष मण्डलका संयोजक एवं गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले खादा लगाइदिएका थिए ।

निर्वाचन कमिटीका मुख्य निर्वाचन अधिकृत बुद्धिसागर बरालले प्रमाणपत्र प्रदान गरेका हुन् । प्रमाणपत्र वितरणलगत्तै अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई मुख्य निर्वाचन अधिकृत बुद्धिसागर बरालले सपथ खुवाएका थिए । अध्यक्ष अधिकारीले अरु निर्वाचित पदाधिकारीलाई सपथ खुवाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज मायानाथ अधिकारीले पार्टीलाई अझ मजबुत र शसक्त बनाउने जिम्मा नयाँ नेतृत्वको रहेको र जिम्मेवारी पूरा गर्न निर्देशन दिए । नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद अधिकारीले पार्टीलाई बलियो र मजबुत बनाउन लाग्ने बताए ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  १ : ५६ बजे

बाढीले पुल बगाएपछि देवीघाटमा त्रिशुलीमाथि बनाइयो तुइन (तस्बिरहरू)

नुवाकोट – नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा बाढीले पुल बगाएपछि त्रिशूली

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं – एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी