चिनियाँ हस्तक्षेप बढेको भन्दै काठमाडौँमा प्रदर्शन « Khabarhub

चिनियाँ हस्तक्षेप बढेको भन्दै काठमाडौँमा प्रदर्शन


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरिरहेको भन्दै स्वतन्त्र नागरिक समूहले चीनविरुद्ध विरोध प्रदर्शन गरेको छ।

काठमाडौँको माइतीघरमा भएको प्रदर्शनको क्रममा चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरिरहेको र अन्य प्रजातान्त्रिक देशविरुद्ध गतिविधि गरेको भन्दै चीनको बिरोध गरिएको हो।

प्रदर्शनमा सहभागीले चीन सरकार मुर्दावाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर, तेस्रो देशसँगको सम्बन्धमा नखेल, नेपाली विद्यार्थीहरुको पढाइ सुचारु गर लगायतका नारा लगाउँदै प्लाकार्ड बोकेर प्रदर्शन गरेका थिए।

चीनले रसुवा र तातोपानी नाकामा अघोषित नाकाबन्दी गरिरहेको र नेपालको तेस्रो देशसँगको सम्बन्धमा खेलिरहेको भन्दै प्रदर्शन गरेको नागरिक समूहले गरेको प्रदर्शनमा सहभागी रामु लामाले खबरहबलाई बताए।

उनले पछिल्ला दिन चिनियाँ राजदूतले एमसीसीविरुद्ध बढाएको सक्रियता र भारतविरोधी कदमविरुद्ध कोभिडका बाबजुद पनि सडकमा जानु परेको बताए। प्रदर्शनमा करिब ४० जनाको सहभागिता रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ३ : ३२ बजे

रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो

ललितपुर – ललितपुरमा जारी रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आइतबार रथ तानेर

उपत्यकाका चार स्थानमा भत्काइयो अतिक्रमित १२ सय बढी घरटहरा

काठमाडौं – काठमाडौं उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा

आईपीएल : रिंकू सिंहले जोगाए कोलकाताको ईज्जत, लखनउले पायो १५६ रनको लक्ष्य

कोलकाता – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३८औँ खेलमा

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

बक्स अफिसमा ‘भूत बंगला’को दबदबा, ९ दिनमै कमायो १०० करोड

काठमाडौं – अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘भूत बंगला’ले बक्स