मोदीको सपथमा भाग लिन प्रधानमन्त्री भोलि दिल्ली जाने « Khabarhub

मोदीको सपथमा भाग लिन प्रधानमन्त्री भोलि दिल्ली जाने


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली भारतको औपचारिक भ्रमणका लागि बिहीबार दिल्ली जाने भएका छन् । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन उनी बिहीबार नयाँदिल्ली जाने भएका हुन् । मोदीले शपथ ग्रहण समारोहमा सहभागी हुन दिएको निम्तो स्वीकार गर्दै प्रधानमन्त्री ओली भारत जान लागेका हुन् ।

नयाँदिल्लीमा रहँदा ओलीले भारतका उच्चस्तरका नेता तथा अधिकारीहरूसित भेटवार्तासमेत गर्ने जानकारी परराष्ट्र स्रोतले दिएको छ । उनी शुक्रबार स्वदेश फर्कने छन् । मोदीको अघिल्लो कार्यकालको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए ।

मोदीको शपथग्रहण बिहीबार साँझ ७ बजे भारतीय राष्ट्रपतिभवनमा हुँदैछ। ओली र मोदीबीच द्विपक्षीय वार्ता शुक्रबार बिहान हैदराबाद हाउसमा तय भएको छ। ‘

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ७ : १३ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको