आज गणतन्त्र दिवस मनाइँदै « Khabarhub

आज गणतन्त्र दिवस मनाइँदै


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेठ १५ गते आज (बुधबार) देशभर गणतन्त्र दिवस मनाइँदैछ। २०६५ जेठ १५ गते संविधानसभाले राजतन्त्र अन्त्य गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको सम्झनामा जेठ १५ लाई गणतन्त्र दिवस मनाइन्छ । गणतन्त्रपछि २३८ वर्ष लामो राजतन्त्र अन्त्य भएकाले गणतन्त्र नेपाली जनताले प्राप्त गरेको विशिष्ट राजनीतिक उपलब्धिका रुपमा लिइन्छ ।

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै प्राप्त उपलब्धीको रक्षा गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा सरकार अघि बढेको उल्लेख गरेका छन् ।

राष्ट्रपतिको सन्देशमा गणतन्त्र राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रूपान्तरणको व्यवस्था भएको सन्देशमा उल्लेख छ। ‘विश्वमै लोकप्रिय तथा समृद्ध पद्धतिका रूपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै गएको छ,’ राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन भएपश्चात् देशमा सुशासन स्थापना हुने बताउँदै द्रुततर आर्थिक सामाजिक विकाससहित समृद्धि हासिल हुने जनताको अपेक्षा साकार पार्नु सबैको सामूहिक दायित्व भएको स्पष्ट पारेकी छन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले विकासको प्रस्थानबिन्दु सबैलाई खाद्य व्यवस्था, आवास, कपडा, शिक्षा र स्वास्थ्य एवं सुरक्षा रहेको सन्देशमा उल्लेख गरेका छन्।

प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ‘हामीले जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प लिएका छौं। संकल्प सार्थक बनाउने सरकारको दृढ उद्देश्य छ । गणतन्त्र जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली हो। जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास, समृद्धि, सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य छ।’

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ७ : २४ बजे

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले

कोइराला किल्ला भत्काउने रुबिना भन्छिन्– ‘निर्वाचित विषय विज्ञ सांसदलाई मन्त्री बनाउनुपर्छ’

काठमाडौं- २२ वर्षदेखि उज्वल थापाको ‘नेपाल खुल्ला छ’ अभियानमा जोडिएकी

नेपालमा पर्याप्त आइरहेको छ ग्यास-तेल, सरकार चुपलाग्दा उपभोक्तालाई सास्ती

काठमाडौं- अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको दुई हप्ता बढी समय भएको

मध्यपूर्वमा द्वन्द्व चर्किँदै, लाखौँ मानिस विस्थापित

एजेन्सी– मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण नागरिक र पूर्वाधारमाथि गम्भीर

निर्वाचनमा रास्वपाले पाएको मतको सदुपयोग हुनुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं–  पूर्वराष्ट्रपति डा रामवरण यादवले अहिलेको निर्वाचनमा रास्वपाले पाएको करिब