पाँच महिनासम्म बस्न सकेन् लोसपा कार्यकारिणी बैठक « Khabarhub

पाँच महिनासम्म बस्न सकेन् लोसपा कार्यकारिणी बैठक

दुई सदस्यले छोडे पार्टी


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा नेपाल) गठन भएको ५ महिना बित्दासमेत पार्टीको कार्यकारिणी समितिको बैठक बस्न सकेको छैन ।

महन्थ ठाकुरको नेतृत्वमा गठन भएको तत्कालिन जनता समाजवादी पार्टी नेपालबाट विभाजित भई यही ९ भदौंमा लोसपा नेपाल गठन भएदेखि नै कार्यकारिणी समितिको बैठक बस्न नसकेको हो ।

सो पार्टीको एक मात्रै आधिकारिक निकाय कार्यकारिणी समितिको बैठक बस्न नसक्दा राजनीतिक समिति र केन्द्रिय समितिसहित भातृ र शुभेच्छुक संस्थाहरु गठन हुन सकेको छैनन् ।

गठन भएको पाँच महिनासम्म कार्यकारिणी समिति बैठक नबसेको अवस्थामा दुई जनाले पार्टी छाडेका छन् । ३१ सदस्सीय कार्यकारिणी समितिमा रहेका राजकुमार लेखी नेकपा एमाले प्रवेश गरेका छन भने अर्का सदस्य तथा प्रतिनिधिसभाका निलम्बित सांसद रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको नामवाट नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका छन् ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  १२ : ५५ बजे

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर