निम्बसले जित्यो ‘एचआरएम अवार्ड’ « Khabarhub

निम्बसले जित्यो ‘एचआरएम अवार्ड’


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निम्बसले कर्पोरेट उत्कृष्टताको लागि कृषि उद्यम समूहमा ‘एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१’ जितेको छ ।

काठमाडौँमा हालै आयोजित एक कार्यक्रमबीच प्रथम ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सि लेन्स २०२१’ मा निम्बसले उक्त उपाधी हात पारेको हो ।

अवार्ड जितेपछि निम्बसले कम्पनीको अनुपम र प्रगतिशील विकासका साथै समग्र नेपालको कृषि क्षेत्रमा पुर्‍याएको योगदानलाई सम्मान गरेको बताएको छ ।

निम्बसका कार्यकारी अध्यक्ष आनन्द बगरियाले निम्बसले कृषिजन्य उद्योगमार्फत कर्पाेरेट संस्कारको सुरुवात गरेको र यसको श्रेय ग्राहकहरु तथा कर्मचारीहरु भएको बताएका छन् ।

निम्बसले सन् २००४ मा देशमै पहिलो पशुपंक्षीको दानाको नविनतम उत्पादन गर्ने उद्देश्यसहित प्रोबायोटेक उद्योगको स्थापना गरी व्यवसाय सुरुवात गरेको थियो । कम्पनीको पशु फिड ब्रान्ड ‘शक्ति’ले बिस्तारै देशभरी नै व्यवसाय विस्तार गर्न थाल्यो र अन्ततः नेपालमा सबैभन्दा बढी रुचाइएको ब्रान्ड बन्न पुग्यो ।

हाल निम्बसमा चारवटा पशु आहाराको उद्योग, माछा दाना उद्योग, सल्भेन्ट उद्योग, रिफाइनरी, दाल उद्योग तथा तोरी तेलको एक्सपिलर भटमासको मस्यौरा उद्योगबाट उत्पादित खाद्य पदार्थ ‘व्यन्जन’ तथा ‘सुनौलो किरण’ ब्रान्डमा उपलब्ध गराइरहेको छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  २ : ३० बजे

रोनाल्डोको विश्वकप यात्राको दुःखद अन्त्य, डलास मैदानमा पोखिए आँसु

काठमाडौँ – डलासको अत्यधिक गर्मी मौसमबीच सोमबार राति पोर्चुगिज फुटबलका

पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौँ – वैकल्पिक खेलाडी मिकेल मेरिनोले इन्जुरी समयको पहिलो मिनेट

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड