नबिल बैंक संचालक समितिको अध्यक्षमा पुनः उपेन्द्र प्रसाद पौडेल चयन « Khabarhub

नबिल बैंक संचालक समितिको अध्यक्षमा पुनः उपेन्द्र प्रसाद पौडेल चयन


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नबिल बैंक लिमिटेडको ३७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश (३३.६ प्रतिशत बोनस शेयर र ४.४प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्तावपारित गरेको छ ।

बैंकले २०७७–७८ मा४ अर्ब ५३ करोड मुनाफा कमाएको छ । बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रति शेयर आम्दानी रु. ३३.५७ हासिल गरी आप्mनो वासलात विस्तार गर्दै रु. २ खर्ब ९१ अर्ब पुर्‍याएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको पूँजी रु. १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ ।

साधारण सभामाबाट पुन सञ्चालक समितिको अध्यक्षमा चयन भएका उपेन्द्र प्रसाद पौडेलले नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्‍याउन सफल भएको बताए ।

साधारणसभाले संस्थापक शेयरधनीबाट संचालक समितिमा प्रतिनिधित्वगर्ने संचालक पद २ (दुई) का लागि उदय कृष्ण उपाध्याय र एनबी (ईन्टरनेशनल) लि. लाई प्रतिनिधित्वगर्दै उपेन्द्र प्रसाद पौडेल लाई निर्बिरोध निर्वाचित गरेको थियो ।

आजै सम्पन्न बैंक संचालक समितिको ५८८ औं वैठकले संचालक समितिको अध्यक्षमा पुनः उपेन्द्र प्रसाद पौडेललाई चयन गरेको हो ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ६ : ५६ बजे

बहुविवाह मुद्दा – पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं– बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का नेता

ओलीले राष्ट्रिय सभाको लोभ देखाएपछि राजेन्द्र गौतमको उम्मेदवारी फिर्ता

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी

राष्ट्रिय झण्डा दिवस मनाइयो (तस्बिरहरू)

काठमाडौं– आठौँ राष्ट्रिय झण्डा दिवस आज (मंगलबार) विभिन्न कार्यक्रम गरी

किसानलाई अनुदानमा गहुँको बीउ

महोत्तरी– मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ

हर्षल पाठक नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले हर्षल पाठकलाई नेपाली महिला