किन लाग्छ अल्जाइमर ? कस्ता व्यक्तिमा जोखिम बढी ? « Khabarhub

किन लाग्छ अल्जाइमर ? कस्ता व्यक्तिमा जोखिम बढी ?


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्मृति क्षय हुने रोगलाई अल्जाइमर भनिन्छ । यस रोगले व्यक्तिको व्यवहार तथा व्यक्तित्व परिवर्तन गर्ने, बिर्सने, संशय हुने, नयाँ कुरा सिक्न नसक्ने, अरूप्रति विश्वास नगर्ने, शङ्का गर्ने, हिँडडुल गर्न नसक्ने बनाउँछ ।

डिमेन्सिया ब्रेनको कोसीकामा कपालको लट्टा जस्तै एक प्रकारको खराब प्रोटिन जम्मा भई त्यही खराब प्रोटिनले लाखौँ कोशिका क्रमिक रूपमा ध्वस्त हुँदै जाँदा अन्त: त्यो ब्रेनले काम गर्न छोड्छ । त्यसैलाई अल्जाइमर डिमेन्सिया भनिन्छ ।

किन लाग्छ अल्जाइमर ?

अल्जाइमर ठ्याक्कै यही कारणले लाग्छ भन्ने हुँदैन । यो खराब प्रोटिनको तत्त्व जम्मा हुँदा हुन जान्छ । तथापि कतिपयमा वंशाणुगत, खानपान, बदलिँदो जीवनशैली, जङ्क फुडको प्रयोग, दिमाग धेरै नचलाउँदा वा दिमाग निष्क्रिय हुने काम गर्दा, शारीरिक व्यायामको कमी, जस्ता विभिन्न कुराले लाग्न सक्छ ।

कस्ता व्यक्तिमा जोखिम बढी ?

मुख्य: यो रोग वृद्धावस्था अर्थात् ६० वर्ष माथि उमेर समूहका व्यक्तिमा धेरै देखा पर्छ । तर सबै वृद्धमा यो समस्या नहुन सक्छ । साथै कम उमेरका मानिसमा पनि हुन सक्छ । तर अल्जाइमर डिमेन्सिया युवा अवस्थामा देखिने सम्भावना कम हुन्छ । कुनै दुर्घटना, मष्तिकमा क्षति, स्नायु प्रणालीको स्मरण शक्तिमा ह्रास आएर डिमेन्सिया हुने गर्छ ।

यसको उपचार पद्धति के छ?

उच्च रक्तचाप, मधुमेह जस्ता रोग जस्तो अल्जाइमर नियन्त्रण गर्न गाह्रो हुन्छ । मष्तिकका कोशिकाहरू ध्वस्त भइरहने भएकाले जुन गतिमा कोशिका ध्वस्त हुन्छन्, त्यो गतिलाई केही हदसम्म औषधिको प्रयोगले कम गर्न भने सकिन्छ । तर यो निको हुने रोग भने होइन ।

यसबाट बच्न मुटुलाई स्वस्थ राख्ने र प्रत्येक तीन महिनामा प्रेसरको चेकजाँच गराउनु पर्दछ । यस्तै दैनिक आधा घण्टा व्यायाम गर्न आवश्यक हुन्छ । जसले मष्तिकमा राम्रो रगत सप्लाई गर्दछ । यसले मरेका कोशिका जीवित हुने र मर्न आटेका कोशिका पनि जीवित रहन सक्ने सम्भावना हुन्छ र क्षतिलाई न्यूनीकरण गर्छ ।

खानामा नियमित एउटा फल, हरियो सागसब्जी, एक गिलास दूध, आलसको प्रयोग गरे मष्तिकका कोसीकालाई बलियो बनाउन मद्दत गर्छ । मांसाहारीले खसीको मासुको सेवन घटाउनु पर्दछ । यस अलावा सामाजिक क्रियाकलापमा भाग लिने, मष्तिकलाई सक्रिय राख्ने खेल वा काम गर्ने, खुलेर हाँस्दा पनि अल्जाइमर हुनबाट जोगिन सकिन्छ ।

 

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ८ : १९ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना