जिपी अस्पतालमै प्लान्ट जडान गरी अक्सिजन उत्पादन सुरु « Khabarhub

जिपी अस्पतालमै प्लान्ट जडान गरी अक्सिजन उत्पादन सुरु


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अक्सिजन प्लान्टबाट उत्पादनसमेत थालिएको छ ।

मंगलबारदेखि अस्पताल परिसरमा जडान गरिएको प्लान्टबाट उत्पादन सुरु भएको अस्पतालका कार्यकारी प्रमुख डा. रामकुमार श्रेष्ठले बताए ।

उनकाअनुसार प्लान्टबाट दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । ‘अस्पतालको आवश्यकता अनुसार उत्पादन गरिरहेका छौं,’ उनले भने । अस्पतालमै अक्सिजन उत्पादन थालेपछि पोखराबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अब अक्सिजन आवश्यक पर्ने विरामीका आफन्त अक्सिजन खोज्दै हिँड्नुपर्ने छैन ।

दोस्रो लहरको कोरोना तीव्र गतिमा फैलिएर संक्रमणदर उच्च विन्दुमा पुगेको बेला देशभर अक्सिजनको हाहाकार भएपछि संघीय सरकारको स्वास्थ्य मन्त्रालयले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न बजेट पठाएको थियो । तर प्लान्ट जडानमा ढिलाई गरियो ।

अस्पताल नजिक रहेको विद्युतको ट्रान्सफर्मरको क्षमता बढाउनुपर्ने भएकाले अक्सिजन जडानमा तीन महिना ढिलाई भएको कार्यकारी प्रमुख डा. श्रेष्ठ स्वीर्काछन् । ‘ट्रान्सफर्मरको क्षमताले नधान्ने भएपछि टेन्डर प्रकृयामा जानुपर्ने भयो ।
टेन्डर गरेर नयाँ ट्रान्सफर्मर जडान गर्दा अक्सिजन प्लान्टमा निर्माणमा झण्डै तीन महिना ढिलाई भएको थियो’, उनको प्रस्टोक्ति छ । दुई करोड १८ लाख रुपैयाँमा अक्सिजन प्लान्ट निर्माण भएको हो ।

जिपीमा जिल्लाका स्थानीय तहले कोरोना संक्रमितका लागि छुट्टै आइसोलेसन भवन बनाइदिएका छन् । कोरोनाको ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएपछि जिपीले आइसोलेसनलाई तयारी अवस्थामा राखेको छ । सरसफाई र मर्मत सम्भार गरेर आइसोलेसनलाई तयारी अवस्थामा राखेको अस्पतालका कोरोना फोकल पर्सन प्रदीप पौडेलले बताए ।

असोज तेस्रो सातादेखि आइसोलेसन रित्तो थियो । ‘लामो समय संक्रमित आइसोलेसनमा आएका छैनन् । ओमिक्रोन भेरियन्ट फैलन थालेपछि मर्मत र सरसफाई गरेर तयारी अवस्थामा राखेका छौं । संक्रमित आएको खण्डमा आइसोलनमा राख्नेछौं,’ पौडेलले भने ।

उनकाअनुसार ३० बेडको आइसोलेसन छ । प्रत्येक बेडमा अक्सिजनको व्यवस्था गरिएको छ । आइसोलेसनमा पाँच बेड आईसीयू र तीन बेड भेन्टिलेटर छ । यहाँको आइसोलेसनमा पहिलो चरणको कोरोनामा २७७ संक्रमितले सेवा लिए । दोस्रो चरणमा २२२ जना संक्रमितले सेवा लिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ४ : ४० बजे

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग (तस्बिरहरू)

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ