टेस्ट कप्तानबाट विराट कोहलीले दिए राजीनामा | Khabarhub Khabarhub

टेस्ट कप्तानबाट विराट कोहलीले दिए राजीनामा


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय टेस्ट टिमको कप्तानबाट विराट कोहलीले राजीनामा दिएका छन्।

दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टेस्ट सिरिज गुमाएसँगै कोहलीले टेस्टको कप्तानबाट राजीनामा दिएका हुन्।

कोहलीले राजीनामा दिँदै भने‚ ‘टिमलाई सही दिशा दिन मैले ७ वर्ष देखि दैनिक कडा मेहनत गरेको थिएँ। मैले आफ्नो काम इमान्दारीपूर्वक पूरा गर्न कुनै कसर बाँकी राखिनँ तर जुनसुकै चिजको कुनै न कुनै मोडमा रोकिनु जरुरी हुन्छ। टेस्ट टिमको कप्तानको रूपमा रोकिने समय यो नै उपयुक्त हुने महसुस गरेको छु।’


केही समयअघि उनलाई एकदिवसीय टिमको कप्तानबाट हटाइएपछि उनी असन्तुष्ट थिए।

कोहलीले यसअघि टी-२० विश्वकपपछि टी-२० को कप्तानी छाडेका थिए भने उनलाई एकदिवसीय कप्तानको जिम्मेवारीबाट बीसीसीआईले केही समयअघि हटाएर रोहित शर्मालाई जिम्मेवारी दिएको थियो।

यद्यपि उनी टेस्टको कप्तान भने निरन्तर रहेका थिए। उनले दक्षिण अफ्रिकामा २-१ ले टेस्ट गुमाएसँगै कप्तानीबाट राजीनामा दिने निर्णय लिएका हुन्।

उनले यो यात्राका क्रममा निकै उतरचढाव आए पनि आफूले निरन्तर प्रयास गरेको बताए। उनले आफ्नो टिमका लागि कहिले पनि बेइमानी नगर्ने भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  १० : १० बजे

अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का

भक्तपुर – सूर्यविनायक नगरपालिका–९ काँक्राबारी रातोमाटेको कहाली लाग्दो अग्लो घिसिङ

अभिनेत्री कोइरालाले भनिन् : नेपाली चलचित्र स्तरीय बन्न थालेका छन्

काठमाडौं – अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्र स्तरीय बन्न थालेको

जनतालाई निराश बनाउनु अपराध हो : प्रधानमन्त्री

ललितपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई अनावश्यक रूपमा निराश

नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईंदै

धनुषा – भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामासमेत परेको

अब राजनीतिको नेतृत्व युवाले गर्नेछन् : मन्त्री पौडेल

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी दिनमा राजनीतिको