एम्बाप्पेको गोल, पीएसजीलाई ११ अंकको अग्रता « Khabarhub

एम्बाप्पेको गोल, पीएसजीलाई ११ अंकको अग्रता


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युवा स्टार केलियन एम्बाप्पेको गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा स्टेड ब्रेस्टलाई २–० ले पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा केलियन एम्बाप्पे र थिलो केहरेरको गोलसँगै १५औं जित निकालेको पीएसजीलले शीर्षस्थानमा ११ अंकको अग्रता बनायो।

खेलको ३२औं मिनेटमा विजनाल्डुमको पासमा एम्बाप्पेले टोलीलाई अग्रता दिलाए । ५३औं मिनेटमा थिलोले नुनो मेन्डिसको पास सदुपयोग गर्दै २–० को सहज जित दिलाए । खेलमा पीएसजीका स्टार खेलाडी लियोनल मेस्सी र नेयमार भने खेलेका थिएनन् ।

जितसँगै पीएसजीले २१ खेलबाट ५० अंक बनाएको छ । ब्रेष्टको भने समान खेलबाट २५ अंक रहेको छ र १३ औं स्थानमा छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ७ : ३० बजे

ट्रम्पले युद्धविराम लम्ब्याएकै दिन होर्मुज क्षेत्रमा तीन जहाजमाथि आक्रमण

मध्यपूर्व- होर्मुज जलडमरूमध्य क्षेत्रमा बुधबार कम्तीमा तीन वटा जहाजमा गोली

सुत्केरी महिलामाथि घर र अस्पतालमै हिंसा : एकतिहाइभन्दा बढी पीडित

काठमाडौं– सुत्केरी तथा गर्भवती महिलामाथि घर र स्वास्थ्य संस्थाभित्रै हिंसा

सुधन हिँडेपछि गृहमन्त्रीमा दीपक बोहरा, राजुनाथ र विश्वराजको चर्चा

काठमाडौं- गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छ : मुख्यमन्त्री शाह

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको

प्रचण्डको टिप्पणी- गृहमन्त्रीले राजीनामा दिएर राम्रो गरे

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले पदबाट