एनआरएनएको निर्वाचन सम्पन्न गर्न उपसमिति गठन « Khabarhub

एनआरएनएको निर्वाचन सम्पन्न गर्न उपसमिति गठन


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद अन्त्य गरेर निर्वाचन सम्पन्न गर्न एक उपसमिति गठन गरिएको छ ।

संघको शनिवार बसेको ८१ औं बैठकले संघका पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो । यसअघि संघका अध्यक्षका प्रत्यासी सहित पूर्वअध्यक्षहरुको बैठकले १० औं महाधिवेशन सम्पन्न गर्न ४ बुँदे सहमति गरेको बताएको छ ।

सहमतिअनुरुप सो समितिलाई २६ जनवरीभित्र प्रतिनिधि विवाद मिलाउन जिम्मा दिइएको छ । समिति सदस्यमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त छन ।

त्यस्तै, बैठकले संघको दशौँ महाधिवेशन तथा आइसीसी निर्वाचन सम्बन्धी सबै समस्याहरुको विधान सम्मत निस्पक्ष ढंगले समाधान गर्ने, २८ फेब्रुअरी २०२२ सम्ममा संघको दशौँ महाधिवेशन तथा निस्पक्ष चुनाव सम्पन्न गर्न समितिले महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली संघको विधान र नियमावलीअन्तर्गत रहेर २६ जनवरी २०२२ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

समितिले आवश्यक ठानेमा कानूनी, आइटी लगायतका विशेषज्ञहरु रहेको स्वतन्त्र समितिहरु गठन गर्न सक्ने र संघका कार्यकारी निर्देशक तथा एनआरएनए सचिवालयले उक्त समितिलाई सघाउन सक्ने निर्णय भएको छ ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा भएको बैठकले नयाँ नेतृत्वको लागि निर्वाचन २८ फेब्रोवरीको लागि तय भएको छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ७ : १५ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल

जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरिदियो सर्वोच्चले

काठमाडौं- गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर