एनआरएनएको निर्वाचन सम्पन्न गर्न उपसमिति गठन « Khabarhub

एनआरएनएको निर्वाचन सम्पन्न गर्न उपसमिति गठन


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद अन्त्य गरेर निर्वाचन सम्पन्न गर्न एक उपसमिति गठन गरिएको छ ।

संघको शनिवार बसेको ८१ औं बैठकले संघका पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो । यसअघि संघका अध्यक्षका प्रत्यासी सहित पूर्वअध्यक्षहरुको बैठकले १० औं महाधिवेशन सम्पन्न गर्न ४ बुँदे सहमति गरेको बताएको छ ।

सहमतिअनुरुप सो समितिलाई २६ जनवरीभित्र प्रतिनिधि विवाद मिलाउन जिम्मा दिइएको छ । समिति सदस्यमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त छन ।

त्यस्तै, बैठकले संघको दशौँ महाधिवेशन तथा आइसीसी निर्वाचन सम्बन्धी सबै समस्याहरुको विधान सम्मत निस्पक्ष ढंगले समाधान गर्ने, २८ फेब्रुअरी २०२२ सम्ममा संघको दशौँ महाधिवेशन तथा निस्पक्ष चुनाव सम्पन्न गर्न समितिले महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली संघको विधान र नियमावलीअन्तर्गत रहेर २६ जनवरी २०२२ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

समितिले आवश्यक ठानेमा कानूनी, आइटी लगायतका विशेषज्ञहरु रहेको स्वतन्त्र समितिहरु गठन गर्न सक्ने र संघका कार्यकारी निर्देशक तथा एनआरएनए सचिवालयले उक्त समितिलाई सघाउन सक्ने निर्णय भएको छ ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा भएको बैठकले नयाँ नेतृत्वको लागि निर्वाचन २८ फेब्रोवरीको लागि तय भएको छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ७ : १५ बजे

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको

विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३२औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

शान्नान– तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र

वनकाली धर्मशाला, कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको पशुपति बनकाली धर्मशाला, कलात्मक

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

काठमाडौं– तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका