श्रमिकलाई आर्थिक भार नपार्ने सर्तमा कतारी भिसा सेन्टर सञ्चालनमा « Khabarhub

श्रमिकलाई आर्थिक भार नपार्ने सर्तमा कतारी भिसा सेन्टर सञ्चालनमा


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–रोजगारीका लागि कतार जाने कामदारको सम्पूर्ण काम एकै ठाँउबाट गर्नका लागि कतारी भिसा सेन्टर खोल्न नेपाल सरकारले अनुमति दिएको छ ।

वैदेशिक रोजगारीमा कतार जाने नेपाली कामदारका लागि काठमाडौंमा स्थापना गरिएको कतार भिसा सेन्टर बुधबार (आज)देखि सञ्चालनमा आउने नेपालस्थित कतारी दूतावासले जानकारी दिएको छ ।

काठमाडौंस्थित भिसा सेन्टर महाराजगञ्ज चक्रपथमा कार्यलय राखेर काम गर्ने दूतावासले जनाएको छ ।

कतार भिसा सेन्टरको बुधबार एक औपचारिक कार्यक्रमकाबीच नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हैलले औपचारिक रुपमा शुरु गर्ने कार्यक्रम छ ।

लामो समयदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सिन्डिकेट शैलीमा स्थापना भएको भनेर अनुमती नदिएको भिसा सेन्टरको विषयमा कुटनीतिक पहल भएपछि सञ्चालन आउन लागेको हो । गत मंसिर महिनामा मै भिसा सेन्टर सञ्चालनमा ल्याउने भनिएको थियो । त्यस बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले तत्काल भिसा सेन्टर खोल्न दिएका थिएनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयले कतार भिसा सेन्टरलाई सञ्चालनमा अवरोध नगर्ने भनेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पनि लचिलो भएर भिसा सेन्टर खोल्न दिएको हो ।

कतारसँग श्रम सम्झौता पुनरावलोकनको प्रक्रिया चलिरहेको र शून्य लागतमा कामदार पठाउने विषयमा सम्झौता गर्न खोजिरहेको श्रम मन्त्रालय कतार भिसा सेन्टरको विषय पनि श्रम सम्झौतामा नै उल्लेख हुनुपर्ने अडान लिएको थियो ।

भिसा सेन्टरमार्फत रोजगारीका लागि कतार जाने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छापलगायतका सवै प्रक्रिया हुने भएको छ । त्यस्तै, स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका कामहरु पनि सेन्टरमा नै हुने छन् । कतारमा हुने ती काम नेपालमै सबै प्रक्रिया पूरा भएपछि कामदार कतार पुग्नासाथ आफ्नो परिचयपत्र (लेवर काड) पाउने दूतावासले जानकारी दिएको छ ।

भिसा सेन्टरमै कामदारले सक्कली करारपत्रमा हस्ताक्षर र तलब सुविधाका लागि प्रक्रिया गरिने छ । कतारको सरकारी पक्रियाअनुसार भिसा सेन्टर सञ्चालन हुने हुँदा सेवाग्राहीलाई भविष्यमा कुनै पनि समस्या नआउने दूतावासले बताएको छ ।

कतार भिसा सेन्टरबाट रोजगारीमा जाने नेपाली श्रमिकहरुको यकिन तथ्यांक राखिने हुँदा नेपाली रोजगारीमा कति गए र कति नेपाली कतारबाट फर्केर आए, कुन श्रमिक कस्तो अवस्थामा भने विषयमा सम्पुर्ण विवरण सेन्टरमा रहन्छ । कतार सरकारले ८ मुलुकमा २० ओटा भिसा सेन्टर स्थापना गरेर एकद्धार प्रणाली लागू गरेको जनाएको छ । नेपाल बाहेक भारत र अन्य देशमा सञ्चालनमा ल्याएको भिसा सेन्टरको बारेमा हाल विरोध भइरहेको छ ।

कतारले भिसा सहजीकरणका लागि बंगलादेश, पाकिस्तान र श्रीलंकामा यसअघि नै कतार भिसा सेन्टर सञ्चालन गरिसकेको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ११ : २९ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज