नेपाल प्रहरीमा थपिए तीन दर्जा « Khabarhub

नेपाल प्रहरीमा थपिए तीन दर्जा


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको (नवौं संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ।

योसँगै प्रहरीमा थपिएका तीन पदमा बढुवा, बढुवा समय, पदकको अंक र नामहरूको विषयले आधिकारिकता पाएका छन्। नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि तीन वटा नयाँ दर्जा थप्न प्रस्ताव गरिएको थियो।

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली संशोधनका लागि गरेको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपनि राजपत्रमा प्रकाशित नहुँदा यसले कानुन सरहको मान्यता पाएको थिएन।

जवानबाट हवल्दारको बीचमा सहायक हवल्दार, हवल्दार र प्रहरी सहायक निरीक्षक (असई)को बीचमा वरिष्ठ हवल्दार र प्रहरी नायव निरीक्षक (सई) र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को बीचमा वरिष्ठ नायब निरीक्षक तीन वटा दर्जा सिर्जना गरिएको छ।

नियमावली हेर्नुहोस्

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  १० : २८ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले