गोल अन्तरका आधारमा आयोजक क्यामरुन समूह विजेता | Khabarhub Khabarhub

गोल अन्तरका आधारमा आयोजक क्यामरुन समूह विजेता


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अफ्रीका कप अफ नेसन्समा आयोजक क्यामरुन अन्तिम १६ मा प्रवेश गरेको छ ।

समूह ‘ए’अन्तर्गत केप भर्डेविरुद्ध १–१ गोलको बराबरी खेल्दै क्यामरुनले समूह विजेता बनेको हो ।

क्यामरुनका भिन्सेन्ट अबोबाकारले ३९ औं मिनेटमा गरेको गोल केव भर्डेका ग्यारी रोड्रिगेजले ५३ औं मिनेटमा फर्काएका थिए ।

बराबरीसँगै आयोजक क्यामरुनले तीन खेलबाट सात अंक जोडेको छ ।

गएराती नै भएको खेलमा इथियोपियाले बुर्किना फासोसँग १–१ को बराबरी खेलेको थियो ।

बुर्किना फासो र केप भर्डेको समान चार–चार अंक भए पनि केप भर्डे गोल अन्तरका कारण तेस्रो स्थानमा छ ।

यसै समूहमा केवल एक अंक जोडेको इथियोपिया चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ७ : ३७ बजे

बढ्दै डेंगी सङ्क्रमण, सावधानी नअपनाए महामारी फैलिने चेतावनी

काठमाडौं – गर्मी मौसम तथा वर्षायाममा देखिने डेंगी केही वर्षयता

अमेरिकामा बाढीले १३ जनाको मृत्यु

टेक्सस – अमेरिकाको टेक्सस सहरमा आएको बाढीका कारण १३ जनाको

१७ वर्षपछि एकै फिल्ममा काम गर्दै अक्षय र सैफ

काठमाडौं – बलिउडका दुई नायक अक्षय कुमार र सैफ अली

पाँच प्रदेशमा धेरै ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विराट र रोहितपछि भारतको क्रिकेटमा शुभमन र वैभवको चमक

भारतीय क्रिकेट समर्थकका माझ एउटा प्रश्न तेर्सिएको थियो। एकै पटक