साम्पोडियामाथि युभेन्ट्सको सहज जित | Khabarhub Khabarhub

साम्पोडियामाथि युभेन्ट्सको सहज जित


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिरी ए क्लब युभेन्ट्सले कोपा इटालीया कपमा सहज जित पाएको छ ।

मंगलबार राति टुरिन स्थित घरेलु मैदान एलिएन्ज मैदानमा भएको खेलमा युभेन्ट्सले साम्पोडियालाई ४-१ अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

घरेलु मैदानमा युभेन्ट्सको जितमा जुआन कुआड्राडो, डानियल रुगानी, पाउलो डिबला र अल्भारो मोरटाले १-१ गोल गरे । भ्रमणकारी टोलीका लागि आन्द्रेआ कोन्टीले सान्त्वना गोल गरे ।

खेलको २५औं मिनेटमा जुआनले सुरुआती अग्रता दिलाए । रुगानीले ५२औं मिनेटमा अग्रता २-० को बनाए । तर कोन्टीले गोल गर्दै दूरी २-१ मा झारे । तर स्टार खेलाडी डिबलाले ६७औं मिनेटमा गोल गर्दै सहज जिततर्फ डोर्‍याए ।

पाएको पेनाल्टीलाई मोरटाले सदुपयोग गर्दै ७७ मिनेटमा चौथो गोल गरे ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ७ : ५६ बजे

३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४२

थप चार उद्योग निजीकरण गर्दै सरकार

काठमाडौँ – सरकारले लामो समयदेखि बन्द रहेका सरकारी उद्योगलाई नयाँ

अर्थमन्त्रीको जवाफ- लोकतन्त्र र गणतन्त्रको मर्मअनुसार बजेट आएको हो

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म

सभामुखको भूमिकामा प्रश्न उठाउँदै कृष्णगोपालले रामहरिलाई भने- तपाईंसँग नैतिकता छैन, यो कुर्सी छोड्नुस्

काठमाडौं- संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत निर्णयसहित

सुदूरपश्चिम प्रदेशसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभामा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को