लमजुङका ७५ प्रतिशत निजी घर पुनर्निर्माण « Khabarhub

लमजुङका ७५ प्रतिशत निजी घर पुनर्निर्माण


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएकामध्ये लमजुङका ७५ प्रतिशत निजी घरको पुनर्निर्माण गरिएको छ ।

उक्त जिल्लाका साढे १० हजार निजी घरको पुनर्निर्माण कार्य सम्पन्न भएको सहरी विकास तथा भवन निर्माण विभाग जिल्ला कार्यान्वयन इकाइ (भवन र आवास) ले जनाएको छ ।

जिल्ला कार्यान्वयन इकाइका अनुसार १५ हजार ५ सय ७७ लाभग्राहीमध्ये १० हजार ४ सय ४४ जनाले आवास निर्माण पूरा गरी तेस्रो किस्ता बापतको अनुदान रकम बुझिसकेका छन् ।

जिल्लामा १५ हजार ५ सय ७७ निजी घर पूर्ण क्षति र ८ सय ९४ प्रवलीकरण लाभग्राही सूची थिए । १४ हजार ६ सय २७ लाभग्राहीले पहिलो किस्ता बापतको रकम लिएका छन् भने १२ हजार ४४ लाभग्राहीले दोस्रो किस्ता रकम लिएका छन् । त्यस्तै, ४ हजार १ सय ४३ घर निर्माणाधीन छन् ।

चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङको दुधपोखरी गाउँपालिकामा सबैभन्दा बढी क्षति पुर्‍याएको थियो । भूकम्पपछिको पुनर्निर्माणको लाभग्राही सूचीमा सूचीकृत भएका २४ जनाले अनुदान रकम फिर्ता गरेका छन् ।

भूकम्पले घर भत्किएर पुनर्निर्माणका लागि अनुदान रकम लिएकाले घर निर्माण नगरेपछि रकम फिर्ता गरेका हुन् ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ७ : २७ बजे

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।