भारतमा बुर्का लगाउने छात्रालाई कक्षा कोठा प्रवेशमा रोक | Khabarhub Khabarhub

भारतमा बुर्का लगाउने छात्रालाई कक्षा कोठा प्रवेशमा रोक


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्नाटक – भारतको एउटा सरकारी कलेजमा बुर्का लगाएका मुसलमान छात्राहरुलाई कक्षा कोठाभित्र प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ ।

कर्नाटक राज्यको युदुपी जिल्लमा सरकार सञ्चालित कलेजमा मुसलमान छात्राहरुलाई प्रवेशमा प्रतिबन्ध लगाइएको हो । हिजाव विद्यालयको पोसाक नभएको र केही छात्राहरुले अनुहार ढाक्ने पोसाक लगाएको भन्दै उनीहरुलाई कक्ष कोठामा पस्न नदिइएको कलेज प्रशासनले जनाएको छ ।

आफू कक्षा कोठामा प्रवेश गर्नेवित्तिकै शिक्षकले तत्काल बाहिर निस्कन निर्देशन दिएको पीडितमध्येकी एक एएच अलमासले गुनासो गरेकी छिन् ।

हिजाब आफ्नो विश्वासको एउटा अंश भएको र आफूहरुले संविधानमा उल्लेखित अधिकार प्रयोग गरेको पीडित किशोरीहरुले बताएका छन् । विद्यालयले प्रवेश नदिएपछि ६ जना किशोरीहरु ३१ डिसेम्बरदेखि अनुपस्थित छन् ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ७ : २० बजे

कथा : दुर्गा पूजा 

आज प्रतिपदा तिथि रहेछ । बेलुकी मात्र क्यालेण्डरमा आँखा ठोक्किन

स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, अर्का एक गम्भीर

बरहथवा– सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको

तमोर कोरिडोरका पुल निर्माणमा ढिलाइ हुँदा सास्ती भोग्दै यात्रु

पाँचथर– तमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती

म प्रहरी कार्यालय तोडफोडमा संलग्न थिइनँ : उपार्जुन चाम्लिङ

काठमाडौं– जेन–जी कोशी (प्रदेश १) का संयोजक उपार्जन चाम्लिङले आफू

अन्तर्राष्ट्रिय पर्यटन दिवस : ढुक्क छैनन् ठमेलका व्यवसायी (तस्बिरहरू)

काठमाडौं– नेपालकै प्रमुख पर्यटन क्षेत्र ठमेल हरेक वर्ष यो सिजनमा