सेनामा तोडियो आरोपको घेरा, स्टाफ तालिम प्रवेश परीक्षामा प्रधानसेनापतिकै स्टाफ फेल ! « Khabarhub

सेनामा तोडियो आरोपको घेरा, स्टाफ तालिम प्रवेश परीक्षामा प्रधानसेनापतिकै स्टाफ फेल !


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले उच्च अधिकारीनिकट अधिकृतलाई मात्र स्टाफ कलेज परीक्षामा उत्तिर्ण गराउने गरेको आरोप खेपिरहँदा यस पटक भने प्रधानसेनापति पूर्णचन्द्र थापाका स्टाफ अधिकृत नै फेल भएका छन् ।

प्रधानसेनापति थापाले परीक्षा निष्पक्ष गर्न निर्देशन दिएसँगै थापाका स्टाफ अधिकृत लगायत अधिकांश जर्नेलका स्टाफहरु फेल भएको सैनिक स्रोतको दावी छ । थापाकै निर्देशनानुसार परीक्षा बोर्डले सीस नम्बर २६ कमाण्ड तथा स्टाफ कलेजको नतिजा सार्वजनिक गरेको बुझिएको छ । यो परीक्षामा ५० जना अधिकृतहरु उत्तिर्ण भएका छन् ।

परीक्षामा १ नम्बरमा सेनानी रवीन्द्र थापाले नाम निकाल्न सफल भएका छन् । त्यसैगरी २ नम्बरमा उजल पौडेल र तीनमा कल्याण पाण्डे उत्तिर्ण भएका छन् । सेनामा स्टाफ कलेजको परीक्षा वृत्ति विकासका हिसावले निकै महत्वपूर्ण मानिन्छ । स्टाफ कलेज नगरी प्रमुख सेनानी वन्न योग्य नहुने भएकाले सेनामा यो जाँचलाई फलामे ढोकाका रुपमा लिइन्छ । यसपटकको परीक्षामा आधा दर्जन महिला सहभागी भए पनि उत्तिर्ण भने एउटा पनि हुन सकेनन् ।

सेनाको स्टाफ कलेजको बोर्ड उपरथी शशि बहादुर सिंहको अध्यक्षतामा गठन भएको थियो । बोर्डमा सहायक रथी अनन्त कार्की, प्रेम शाही, सहदेव खड्का, सुरेन्द्रसिंह रावल, महासेनानीहरू चोकबहादुर ढकाल, दिपेशजंग शाह, टंक भट्ट, आशिष उपाध्याय, रोजप्रताप राणा र सदस्यसचिव पुरन घले थिए ।

यस्तो छ उत्तिर्ण हुनेको सूची :

सेनानीहरू

रवीन्द्र थापा, उजल पौडेल, कल्यान पाण्डे, रोशन थापा, गणेश थापा, गौरव ध्वज खाण ठकुरी, सुनिल घिमिरे, मनिराज घिमिरे, धर्मेन्द्र भण्डारी, त्रित्रकुमार कार्की, प्रशुराम थापा, संजीव खनाल, देवराज भट्ट, निखिलबहादुर चन्द, दिलिप राउत, अशेष पन्थी, गोविन्द भुजेल, गोविन्द विष्ट, शसीकुमार कार्की, प्रतिक बस्नेत, अदित श्रेष्ठ, अनुप थापा, विक्रम देव थापा, शिवप्रसाद वाग्ले, विनोद रिजाल, विमलकुमार वाग्ले, अनिल बस्नेत, रमेश थापा, ध्रुब कार्की, अनुप केसी, अशोककुमार क्षेत्री, सुनिल प्रशाईं, चिरञ्जिवि पौडेल, कुमार खड्का, विश्वास विष्ट, शान्तकुमार थापा, प्रमोदकुमार शर्मा, फणिन्द्र थापा, प्राजु बस्न्यात, निरज विक्रम पा.म., सचिन्द्र दवाडी, निराजन कटुवाल, बिकेसिंह विश्वकर्मा, मनोज ढुंगेल, हरिहर गिरी, प्रल्हाद थापा

सहसेनानीहरू

धु्रबबहादुर कार्की, दीपेन्द आङदेम्बे, पुस्करबहादुर चन्द, माधव खड्का,

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ३ : ३३ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद