सेनामा तोडियो आरोपको घेरा, स्टाफ तालिम प्रवेश परीक्षामा प्रधानसेनापतिकै स्टाफ फेल ! « Khabarhub

सेनामा तोडियो आरोपको घेरा, स्टाफ तालिम प्रवेश परीक्षामा प्रधानसेनापतिकै स्टाफ फेल !


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले उच्च अधिकारीनिकट अधिकृतलाई मात्र स्टाफ कलेज परीक्षामा उत्तिर्ण गराउने गरेको आरोप खेपिरहँदा यस पटक भने प्रधानसेनापति पूर्णचन्द्र थापाका स्टाफ अधिकृत नै फेल भएका छन् ।

प्रधानसेनापति थापाले परीक्षा निष्पक्ष गर्न निर्देशन दिएसँगै थापाका स्टाफ अधिकृत लगायत अधिकांश जर्नेलका स्टाफहरु फेल भएको सैनिक स्रोतको दावी छ । थापाकै निर्देशनानुसार परीक्षा बोर्डले सीस नम्बर २६ कमाण्ड तथा स्टाफ कलेजको नतिजा सार्वजनिक गरेको बुझिएको छ । यो परीक्षामा ५० जना अधिकृतहरु उत्तिर्ण भएका छन् ।

परीक्षामा १ नम्बरमा सेनानी रवीन्द्र थापाले नाम निकाल्न सफल भएका छन् । त्यसैगरी २ नम्बरमा उजल पौडेल र तीनमा कल्याण पाण्डे उत्तिर्ण भएका छन् । सेनामा स्टाफ कलेजको परीक्षा वृत्ति विकासका हिसावले निकै महत्वपूर्ण मानिन्छ । स्टाफ कलेज नगरी प्रमुख सेनानी वन्न योग्य नहुने भएकाले सेनामा यो जाँचलाई फलामे ढोकाका रुपमा लिइन्छ । यसपटकको परीक्षामा आधा दर्जन महिला सहभागी भए पनि उत्तिर्ण भने एउटा पनि हुन सकेनन् ।

सेनाको स्टाफ कलेजको बोर्ड उपरथी शशि बहादुर सिंहको अध्यक्षतामा गठन भएको थियो । बोर्डमा सहायक रथी अनन्त कार्की, प्रेम शाही, सहदेव खड्का, सुरेन्द्रसिंह रावल, महासेनानीहरू चोकबहादुर ढकाल, दिपेशजंग शाह, टंक भट्ट, आशिष उपाध्याय, रोजप्रताप राणा र सदस्यसचिव पुरन घले थिए ।

यस्तो छ उत्तिर्ण हुनेको सूची :

सेनानीहरू

रवीन्द्र थापा, उजल पौडेल, कल्यान पाण्डे, रोशन थापा, गणेश थापा, गौरव ध्वज खाण ठकुरी, सुनिल घिमिरे, मनिराज घिमिरे, धर्मेन्द्र भण्डारी, त्रित्रकुमार कार्की, प्रशुराम थापा, संजीव खनाल, देवराज भट्ट, निखिलबहादुर चन्द, दिलिप राउत, अशेष पन्थी, गोविन्द भुजेल, गोविन्द विष्ट, शसीकुमार कार्की, प्रतिक बस्नेत, अदित श्रेष्ठ, अनुप थापा, विक्रम देव थापा, शिवप्रसाद वाग्ले, विनोद रिजाल, विमलकुमार वाग्ले, अनिल बस्नेत, रमेश थापा, ध्रुब कार्की, अनुप केसी, अशोककुमार क्षेत्री, सुनिल प्रशाईं, चिरञ्जिवि पौडेल, कुमार खड्का, विश्वास विष्ट, शान्तकुमार थापा, प्रमोदकुमार शर्मा, फणिन्द्र थापा, प्राजु बस्न्यात, निरज विक्रम पा.म., सचिन्द्र दवाडी, निराजन कटुवाल, बिकेसिंह विश्वकर्मा, मनोज ढुंगेल, हरिहर गिरी, प्रल्हाद थापा

सहसेनानीहरू

धु्रबबहादुर कार्की, दीपेन्द आङदेम्बे, पुस्करबहादुर चन्द, माधव खड्का,

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ३ : ३३ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा