रसायनिक मल खरिदमा ५० प्रतिशत अनुदान « Khabarhub

रसायनिक मल खरिदमा ५० प्रतिशत अनुदान


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसायनिक मल खरिदमा दिइँदै आएको अनुदान ५० प्रतिशतले बढाएको छ।  आगामी आर्थिक वर्षको बजेटबाट रासायानिक मल मल खरिदमा दिइँदै आएको अनुदानमा ५० प्रतिशतले वृद्धि गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले घोषणा गरेका छन्।

मल खरिदमा अब ९ अर्ब रुपैयाँ अनुदान उपलब्ध हुनेछ। यसअघि ६ अर्ब रुपैयाँ अनुदान मल खरिदका लागि दिइँदै आएको थियो। यसैगरी उखु किसानलाई अनुदान दिन ९५ करोड रुपैयाँ विनियोजन गरिएको खतिवडाले बताए। सबै प्रदेशमा नमुना औद्योगिक कृषि फार्म स्थापना गर्न प्रोत्साहन गर्ने खतिवडाले बताए।

मध्यम खालका कृषकलाई परियोजना धितोमा नै ऋण दिइने भएको छ। यो ऋण साना किसान विकास बैंकबाट उपलब्ध हुने छ। यसका लागि एक अर्ब छुट्याएको बताएका छन्। कौशी खेतीलाई पनि प्रोत्साहन गर्ने उनले बताए।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : १० बजे

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन

एमालेमा शक्ति सङ्घर्षबीच सुनिता बरालको आग्रह : ‘निर्णयको केन्द्रमा एमाले र यसको भविष्य हुनुपर्छ’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य पदाधिकारीबीच