बेलायतले हुवावेका सञ्चार परियोजना रोक्न सक्ने « Khabarhub

बेलायतले हुवावेका सञ्चार परियोजना रोक्न सक्ने


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सुरक्षाको कारण देखाउँदै बेलायतले पाचौँ पुस्ताको टेलिकम्युनिकेशन सेवा फाइभ जी तथा अन्य संवेदनशील सञ्चार पूर्वाधारको विकासका लागि चिनियाँ कम्पनी हुवावेलाई अनुमति नदिने भएको छ ।

सरकारले राष्ट्रिय सुरक्षामा चुनौती थप्नसक्ने हुवावे वा अन्य चिनियाँ कम्पनीलाई बेलायतको रणनीतिक रुपमा महत्वपूर्ण सञ्चार परियोजनामा समावेश नगराउने अधिकार दिनेगरी कानून निर्माण हुनसक्ने द सन अखबारले लेखेको हो ।

द सनका अनुसार बेलायत युरोपेली युनियनबाट बाहिरिएपछि युरोपेली कानूनलाई प्रतिस्थापन गर्न आवश्यक कानूनमा यो प्रावधान राखिनेछ ।
हुवावेले बेलायती नागरिकको व्यक्तिगत विवरणमा पहुँच पु¥याउनेमा बेलायती अधिकारीहरु चिन्तित रहेको बताइएको छ ।

अर्कोतर्फ अमेरिकाले बेलायतलाई हुवावेलाई सञ्चारका परियोजनामा समावेश नगराउन दबाब दिइरहेको पनि द सनले जनाएको छ ।
चिनियाँ कम्पनी हुवावेसँग विश्वका थोरै कम्पनीसँग मात्रै रहेको फाइभ जी नामक प्रविधि रहेको बताइन्छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  २ : ५७ बजे

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ