काभ्रेमा माघ महिनाभर सभा, भेला गर्न नपाइने « Khabarhub

काभ्रेमा माघ महिनाभर सभा, भेला गर्न नपाइने


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा–कोभिड–१९ संक्रममणको बढ्दो जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सबै प्रकारका सभा, जुलुस, भेलालगायत गतिविधि गर्न रोक लगाएको छ ।

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण नियन्त्रण तथा उपचारलाई थप प्रभावकारी तुल्याउन माघ मसान्तसम्म लागू हुने गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आदेश जारी गरी भीडभाड हुने गतिविधिमा रोक लगाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेद्वारा बुधबार जारी गरिएको आदेशमा गोष्ठी, सेमिनार, समीक्षा, बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्नुपर्ने, भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुनुपर्ने उल्लेख छ । त्यस्तै माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङपुल, फुटसल, पटके हाटबजार र मानिसको भीडभाड हुने सबै प्रकारका कार्यक्रम बन्द गर्नुपर्नेछ । विश्वविद्यालय, विद्यालय, टु्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा भौतिक उपस्थिति नगरी भर्चुअल वा वैकल्पिक शिक्षण सिकाई विधि अपनाई सञ्चालन गर्न समेत आदेशमा भनिएको छ ।

धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न पाइनेछ । शुक्रबारदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य साथमा बोक्नुपर्ने व्यवस्था गरिएको आदेशमा उल्लेख छ । त्यस्तै धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारन, पास्नी व्रतबन्ध, मृत्यु संस्कारलगायत अत्यावश्यक परम्परागत क्रियाकलाप सञ्चालन गर्दा ५० जना भन्दा बढी नहुने गरी जनस्वास्थ्यको मापदण्डपालना गर्नेगरी मात्र सञ्चालन गर्न प्रशासनले सबैमा आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले भौतिक दूरी कायम गरी जनस्वास्थ्यको मापदण्ड पूर्ण पालना हुने गरी अनिवार्य मास्कको प्रयोगमार्फत सेवा प्रवाह गर्न होटल व्यवसायीलाई निर्देशन दिएको छ । सो क्रममा बिना मास्क आउने सेवाग्राहीलाई तोकिएको शुल्क तिरेर मास्क प्रयोग गरी मात्रै प्रवेश गर्न दिने र होटलले चेक इन गर्दाको अवस्थामा २४ घण्टाभित्र आफ्नो होटलमा बास बस्ने प्रत्येक ग्राहकको एन्टिजेन परीक्षण गर्ने र सो को विवरण डिसिएमसीलाई उपलब्ध गराउने निर्देशन दिएको छ ।

सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्कको अनिवार्य गर्ने, कुनै यात्रुले मास्क नलगाएमा चालक वा सहचालकले बढीमा रु पाँच लिई मास्क उपलब्ध गराउने, सवारीसाधनको ढोका र सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्ने, चालक र सहचालकले अनिवार्य फेसशिल्ड लगाउने र सवारीसाधनलाई दैनिक निसङ्क्रमण गर्नुपर्ने जारी आदेशमा उल्लेख छ ।

सबै प्रकारका व्यवसायको अग्रपङ्क्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकलाई नियमति सेवा दिने कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको २ पटक एन्टिजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्र काममा खटाउन पाउने व्यवस्था गर्न प्रशासनले आदेश जारी गरेको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ३ : ०० बजे

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति

जग्गा भ्रष्टाचार प्रकरणमा टोखा मालपोतका तत्कालीन प्रमुख खनालसहित २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित