जिल्ला अस्पताल मलङ्गवामा १७ हाइ डिपेन्डेन्सी बेड सञ्चालनमा « Khabarhub

जिल्ला अस्पताल मलङ्गवामा १७ हाइ डिपेन्डेन्सी बेड सञ्चालनमा


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– जिल्ला अस्पताल मलङ्गवाले कोरोना भाइरस संक्रमितको उपचारका लागि १७ वटा हाइ डिपेन्डेन्सी (एचडियू) बेड तयार पारेको छ ।

अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका बिरामीको उपचारका लागि १७ वटा एचडियू बेड छुट्याएर राखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाले जानकारी दिए । अस्पतालमा ६५ थान अक्सिजन सिलिण्डर र ४० अक्सिजन कन्सन्टे«टर तयारी अवस्थामा राखिएको पनि उनले बताए । उनले भने, ‘अब गम्भीर अवस्थाका संक्रमितको उपचार जिल्लामै गर्न सकिन्छ ।’

अस्पतालको पुरानो भवनलाई कोभिड वार्डको रुपमा छुट्याइएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम पनि अन्तिम चरणमा पुगेको बताइएको छ । सर्लाहीमा अहिले तेस्रो लहरमा फैलिएको कोरोना संक्रमणबाट ३६ जना संक्रमित भएका छन् । उनीहरु सबै होम आइसोलेशनमै छन् ।

मलङ्गवा नगरपालिकाका नगर प्रमुख नीरसल साह, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाईं, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख डा. चन्दन झासमेत कोरोना संक्रमित भई आइसोलेशनमा रहेका छन् । कोरोना संक्रमण बढेपछि जिल्ला अस्पताल मलङ्गवामा पीसिआर ल्याब पुनः सञ्चालनमा ल्याइएको अस्पताल स्रोतले जनाएको छ ।

तर, लक्षण देखिएका बिरामीले कोरोना भाइरस संक्रमण परीक्षणमा बेवास्ता गरेकाले नियमित रुपमा ल्याब सञ्चालन गर्न समस्या परेको अस्पतालले जनाएको छ । परीक्षणमा बेवास्ता, सडक, बजारमा निस्कँदा मास्क नलगाउने, भीडभाड गर्नेजस्ता लापरवाही गर्नेलाई कोरोना संक्रमण फैलन मद्दत पुगिरहेको अस्पतालका प्रमुख डा. झाले बताए ।

भारतसँगको खुल्ला सिमाना र जिल्लाका हाटबजारमा नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना नगर्ने गरेका कारण पनि जिल्लामा कोरोना भाइरस संक्रमण दर बढेको जानकारहरु बताउँछन् ।

 

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ४ : ०७ बजे

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति

जग्गा भ्रष्टाचार प्रकरणमा टोखा मालपोतका तत्कालीन प्रमुख खनालसहित २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित