बिग्रिएको बाटो बनाउन पेट्रोलियम पदार्थमा १ रुपैयाँ थप कर लगाइने | Khabarhub Khabarhub

बिग्रिएको बाटो बनाउन पेट्रोलियम पदार्थमा १ रुपैयाँ थप कर लगाइने


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडक मर्मतको लागि पेट्रोलियम पदार्थमा १ रुपैयाँ थप कर लगाइने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार संघीय स‌ंसदमा आर्थिक वर्ष २०७६/०७७ को बजेट पेश गर्दै पेट्रोलियम पदार्थमा १ रुपैयाँ थप कर लगाइने बताएका हुन् ।

उनले सरकारले निर्माण गर्ने सबै सडक कम्तिमा दुई लेनको हुने बजेटमा उल्लेख गरे । सडक मर्मतको लागि पेट्रोलियम पदार्थमा १ रुपैयाँ थप कर लगाइने मन्त्री खतिवडाले उल्लेख गरे ।

यसका साथै सरकारले विभिन्न सडकहरुको निर्माण र स्तर उन्नतिको लागि बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार संघीय स‌ंसदमा आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्दै पूर्व-पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको बनाउन काम सुरु गर्ने जनाएका छन् । पूर्व-पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको बनाउन १९ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोज गरेको उनले संसदमा जानकारी दिए ।

यसका साथै उनले यस्तै मध्यपहाडी लोकमार्गलाई १३ अर्ब २० करोड बजेट छुट्याइएको जानकारी दिए ।

त्यसतैगल्छी त्रिशुली मैलुङ सडकलाई १ अर्ब ५८ करोड, मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड र बीपी राजमार्गको लागि ९६ करोड बजेट बिनियोजन गरिएको उनले जानकारी दिए ।

टोखा-छहरे सुरुङ मार्गको विस्तृत अध्ययन गरी निर्माण गर्नका लागि बजेट छुट्याइएको अर्थमन्त्रीले संसदलाई जानकारी गराए । हरेक निर्वाचन क्षेत्रमा एक रणनीति सडक निर्माण अगाडि बढाइने उनले बजेटमा जानकारी दिए ।

प्रदेश तथा स्थानीय तहको कार्यक्षेत्रमा रहेका पुलको निर्माण सम्पन्न गरी हस्तान्तरण गरिने बजेट भाषणमा उल्लेख गरिएको छ । त्यसतै २ सय पुल निर्माण गर्न ७ अर्ब ४७ करोड बजेट बिनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिए ।

यसका साथै रेल र जल यातायातको लागि१ खर्ब ६३ अर्ब बिनियोजन गरिएको छ । उनले उच्च प्रविधि युक्त आयोजनालाई उपकरण उपलब्ध गराउन पूर्वाधार निर्माण कम्पनी सञ्चालनमा ल्याइने जनाए ।

-काठमाडौ लाई चीन र भारत दुवै तिर जोड्ने गरी २ वर्षभित्र निर्माण सुरु गरिने बजेटमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : ४९ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा