नेपालमा थप १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

नेपालमा थप १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा बिहीबार १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार देशभर गरिएको २१ हजार ७ पीसीआर परीक्षणका क्रममा १० हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ६ हजार ४ सय ९० एन्टिजेन परीक्षणका क्रममा २ हजार २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९५ हजार ८ सय ८८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ११ हजार ६ सय ३२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ६ सय ४९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १८ हजार ८ सय ९ जना निको भएका छन् । हाल नेपालमा ५७ हजार ३ सय २८ सक्रिय संक्रमित आइशोलेशन र १ सय २५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ६ : ११ बजे

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर– बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन

विश्वकपको पुरस्कार राशि बढ्यो : विश्व विजेताले कति रकम पाउँछ ?

काठमाडौं – विश्वकप फुटबलको पुरस्कार राशि बढेको छ। फिफाले अमेरिका,