सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन स्वास्थ्यकर्मीको माग « Khabarhub

सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन स्वास्थ्यकर्मीको माग


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल, खोटाङले सबै किसिमका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गरेको छ ।

शुक्रबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसि), जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै स्वास्थ्यकर्मी संघले सरकारी, निजी, सामुदायिक र अध्ययन संस्थानहरूमा कार्यरत सबै खालका स्वास्थ्यकर्मी र कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गरेको हो ।

तोकिएको सेवा सुविधा उपलब्ध नगराउने स्वास्थ्य संस्थालाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय स्वास्थ्यकर्मी संघले सरकार समक्ष आग्रह गरेको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघले अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका सबै स्वास्थ्यकर्मीका लागि उचित आइसोलेसनको व्यवस्था गर्न, संक्रमित स्वास्थ्यकर्मीहरूको निःशुल्क औषधि उपचारको व्यवस्था गर्न, सम्पूर्ण स्वास्थ्यकर्मी र अग्रस्थानमा खटिने कर्मचारीको यथाशीघ्र बिमाको व्यवस्था गर्न माग गरेको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघ खोटाङका अध्यक्ष मोहनकुमार राउतले बुझाएको ज्ञापन–पत्रमा नेपाल सरकारले कोभिड विरुद्धको महामारीमा खटिने स्वास्थ्यकर्मीलाई दिने भनिएको जोखिम भत्ता हालसम्म पनि पुरा नदिएकाले तुरुन्त दिने व्यवस्था गर्न, स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा र खोप सेवा प्रदान गर्न खटिने स्वास्थ्यकर्मीलाई पर्याप्त स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था र निःशुल्क पिसिआर परीक्षणको व्यवस्था गर्न भनिएको छ ।

यस्तै, खोप केन्द्रहरूमा देखिएको भिडभाड नियन्त्रणका लागि पर्याप्त मात्रामा स्वयंसेवक तथा सुरक्षाकर्मीको परिचालनको व्यवस्था गर्न, खोप वा स्वास्थ्य सेवा प्रदान गर्दा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा हुने भिडभाड, तोडफोड र हातपात गर्नेहरूलाई कारबाहीसँगै पीडित स्वास्थ्यकर्मी र संस्थालाई क्षतिपूर्तिको व्यवस्था गर्न लगायतका माग गरिएको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ९ : ५३ बजे

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य

समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार

काठमाडौँ – सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम

कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

विराटनगर – कोशी प्रदेशसभाको आज बसेको बैठकमा कोशी प्रदेश सरकारको