एएफसी महिला एसियन कप: इन्डोनेसियाको पोस्टमा अस्ट्रेलियाको १८ गोल « Khabarhub

एएफसी महिला एसियन कप: इन्डोनेसियाको पोस्टमा अस्ट्रेलियाको १८ गोल


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपाधि दाबेदार अस्ट्रेलियाले कमजोर मानिएको इन्डोनेसियालाई एएफसी महिला एसियन कप–२०२२ को आफ्नो पहिलो खेलमा शुक्रबार १८–० ले पराजित गरेको छ ।

युरोपेली फुटबलको अनुभव बटुलेको अस्ट्रेलियाका खेलाडी सामु भारतको मुम्बई फुटबल मैदानमा निरीह बनेको इन्डोनेसियाले कुनै पनि समय दबाब बनाउन सकेन ।

पहिलो हाफमा नौ गोल गरेको अस्ट्रेलियाले दोस्रो हाफमा थप नौ गोल गरेको थियो । अस्ट्रेलियाकी साम कर एक्लैले पाँच गोल गरिन् । यस्तै भान इगमोण्ड र सिमोनले समान चार गोल गरे ।

जितसँगै अस्ट्रेलियाले समूह ‘बी’ मा महत्त्वपूर्ण तीन अंक जोडेको छ । यस समूहमा अस्ट्रेलियासँगै फिलिपिन्स, थाइल्यान्ड र इन्डोनेसिया रहेका छन् ।

यस अघि आज भएको पहिलो खेलमा अर्को उपाधि दाबेदार जापानले म्यानमारलाई ५–० ले पराजित गर्‍यो । जितसँगै समूह ‘सी’ बाट जापानले तीन अंक बटुल्यो । यस समूहमा जापान र म्यानमार सहित दक्षिण कोरिया र भियतनाम रहेका छन् ।

यस अघि बिहीबारबाट सुरु भएको प्रतियोगितामा चीनले चाइनिज ताइपेलाई ४–० ले पराजित गर्दा आयोजक भारत र इरानले गोलरहित बराबरी खेल्दै अंक बाढे ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ७ : १५ बजे

मन्त्रालयबाट यसरी बिदा भए सुधन गुरुङ (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृह मन्त्रालयबाट बाहिरिएका

७ सय मिटर चक्रपथ विस्तार गर्न डेढ वर्ष, पाशुपत र चारुमती विहारक्षेत्रमा युनेस्को बाधक 

सडक डिभिजन कार्यालय काठमाडौँले २०८१ असोजमा चक्रपथको बसुन्धरादेखि तीनकुनेसम्मको निर्माण

दीपक र सुलभमाथि थप ७ दिन म्याद थपियो, सम्पत्ति शुद्धिकरण मुद्दामा थप अनुसन्धान हुने

काठमाडौं- काठमाडौं जिल्ला अदालत ले सम्पत्ति शुद्धिकरण मुद्दामा दीपक भट्टसहितका

साताको २ दिन विदा : शैलुङ-कालिञ्चोक घुम्ने पर्यटक बढे

दोलखा– दोलखाको मुख्य पर्यटकीय क्षेत्र शैलुङ र कालिञ्चोकमा पछिल्लो दिनहरूमा

रविलाई झस्काउने शब्द प्रयोग गर्दै सिंहदरबारबाट बाहिरिए सुधन गुरूङ

काठमाडौं- सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिँदा सभापति रवि लामिछानेलाई नै