क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जना प्रहरीको फन्दामा | Khabarhub Khabarhub

क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जना प्रहरीको फन्दामा


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नियम विपरित क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा काठमाडौँले उनीहरुलाई काठमाडौँ मिनभवनबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्बत जिल्ला फलेबास ११ कर्नास घरभई हाल पोखरा बस्ने २१ बर्षका राजन भट्टराई, सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका ४ ईटहरी बस्ने २५ बर्षका बिशाल श्रेष्ठ र काठमाण्डौ महानगरपालिका ११ थापाथली बस्ने २७ बर्षका दिपेराज श्रेष्ठ रहेको महाशाखाले जनाएको छ ।

उनीहरुले नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम बिनियम, निर्देशन, आदेश बिपरित क्रिप्टो करेन्सी बिट क्वाईनबाट बित्तिय कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरी बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँ पठाइएको हो ।

पक्राउ परेका राजन भट्टराईले हालसम्म ९७५ जना व्यक्तिहरूसँग एक हजार ९२६ पटक कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले मंसिरदेखि पुससम्म २६ लाख रुपैयाँ बराबरको कारोबार गरेको र अन्य दुई जना पनि कारोबारमा संलग्न देखिएको महाशाखाले जनाएको छ।

साथै नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गर्ने गराउने कार्य नेपालको कानुन बिपरित रहेको र यस्तो कार्य गर्ने गराउने सबैलाई कानून बमोजिम सजाय हुने भएकोले यस्तो कार्य नगर्न, नगराउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ८ : ४६ बजे

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती

सङ्खुवासभा – दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले

कतार एयरवेजको जहाज ढाका ‘डाइभर्ट’

काठमाडौं – कतार एयरवेजको जहाजको जहाज ढाका डाइभर्ट गरिएको छ।