क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जना प्रहरीको फन्दामा « Khabarhub

क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जना प्रहरीको फन्दामा


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नियम विपरित क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा काठमाडौँले उनीहरुलाई काठमाडौँ मिनभवनबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्बत जिल्ला फलेबास ११ कर्नास घरभई हाल पोखरा बस्ने २१ बर्षका राजन भट्टराई, सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका ४ ईटहरी बस्ने २५ बर्षका बिशाल श्रेष्ठ र काठमाण्डौ महानगरपालिका ११ थापाथली बस्ने २७ बर्षका दिपेराज श्रेष्ठ रहेको महाशाखाले जनाएको छ ।

उनीहरुले नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम बिनियम, निर्देशन, आदेश बिपरित क्रिप्टो करेन्सी बिट क्वाईनबाट बित्तिय कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरी बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँ पठाइएको हो ।

पक्राउ परेका राजन भट्टराईले हालसम्म ९७५ जना व्यक्तिहरूसँग एक हजार ९२६ पटक कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले मंसिरदेखि पुससम्म २६ लाख रुपैयाँ बराबरको कारोबार गरेको र अन्य दुई जना पनि कारोबारमा संलग्न देखिएको महाशाखाले जनाएको छ।

साथै नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गर्ने गराउने कार्य नेपालको कानुन बिपरित रहेको र यस्तो कार्य गर्ने गराउने सबैलाई कानून बमोजिम सजाय हुने भएकोले यस्तो कार्य नगर्न, नगराउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ८ : ४६ बजे

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको