विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५६ लाख नाघ्यो « Khabarhub

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५६ लाख नाघ्यो


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख नाघेको छ । गत २४ घण्टामा ८ हजार ७ सय ६ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख नाघेको हो ।

अहिलेसम्म ५६ लाख २ हजार ७ सय १७ जनाको मृत्यु भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ ।

अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८ लाख ७ हजार ५ सय १२ जनाको मृत्यु भएको छ । त्यहाँ गत २४ घण्टामा मात्रै २ हजार ६ सय ४६ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि कोरोनाले मृत्यु हुनेको सङ्ख्या ब्राजिलमा धेरै छ । ब्राजिलमा गत २४ घण्टामा ३ सय ९६ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ६ लाख २२ हजार ६ सय ४७ पुगेको छ ।

ब्राजिलपछि सबैभन्दा बढी मृत्यु भएको भारतमा मृतकको संख्या ४ लाख ८ हजार ९ सय ११ पुगेको छ । भारतमा गत २४ घण्टामा ४ सय ८९ जनाको मृत्यु भएको छ ।

अहिले विश्वभर ३४ करोड ६६ लाखमा कोरोना पुष्टि हुँदा २७ करोड ६५ लाख निको भइसकेका छन् । अझै पनि ६ करोड ४४ लाख सक्रिय सङ्क्रमित रहँदा ९५ हजार ८ सय जनाको अवस्था भने जटिल रहेको वल्डोमिटरले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ६ : ५३ बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२-०८३ को एक

कठोर सरकारबाट आशा नदेख्दा इन्द्रबहादुर र गणेशहरूले त्यागे जीवन

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले एक सय दिन पूरा

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै

घातक आँधीपछि चीनमा टाइफुनको खतरा

एजेन्सी– एक सातायता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा

गणेश नेपालीको मृत्युपछि सरकारविरुद्ध वीर अस्पतालमा आफन्तको नाराबाजी

काठमाडौं– यतिबेला वीर अस्पतालमा मानव अधिकारकर्मी, मृतक गणेश नेपालीका आफन्तहरू सरकारविरुद्ध नाराबाजी गर्दै