प्रहरीलाई घुस दिन खोज्ने कार्की अख्तियारको नियन्त्रणमा | Khabarhub Khabarhub

प्रहरीलाई घुस दिन खोज्ने कार्की अख्तियारको नियन्त्रणमा


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई पक्राउ गरेको छ । आयोगको टोलीले महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई घुस रकम दिन खोज्ने झापाका अभिषेक कार्कीलाई बुधबार साँझ पक्राउ गरेको हो ।

कालिकोटका थुनुवा नवीन शाही ठकुरीलाई भेट्न जाँदा उनका भाइ पुजन बम ठकुरीले चाउचाउको खोलभित्र लागुऔषध ल्याएको भेट्टाएपछि प्रहरीले बमलाई पक्राउ गरेपछि कार्कीले यो घटना मिलाइदिनुपर्‍यो भन्दै प्रहरी निरीक्षकलाई १० हजार दिन खोज्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

कार्कीले प्रहरीलाई ४० हजार दिन्छु, घटना मिलाइदिनुपर्‍यो भन्दै तत्काल १० हजार दिँदादिँदै पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । अख्तियारको टोलीले उनको साथबाट एक लाख २० हजार नगदसमेत बरामद गरेको छ । थानकोट वृत्तले यसअघि पनि घुस दिन खोज्ने चार जनालाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  १० : ०३ बजे

यस्तो छ सरकार र शिक्षकहरूबीच भएको ९ बुँदे सहमति

काठमाडौं – मन्त्रिपरिषद् बैठकले शिक्षकसँग भएको सहमति अनुमोदन गरेको छ

सरकारसँग सहमतिपछि शिक्षकहरुको आन्दोलन स्थगित

काठमाडौं – शिक्षकहरुको आन्दोलन स्थगित भएको छ । सरकारसँगको सहमतिसँगै

जारी अधिवेशनबाटै शिक्षा ऐन पारित गर्ने प्रतिबद्धता

काठमाडौं – सरकारले जारी अधिवेशनबाटै शिक्षा ऐन पारित गर्ने प्रतिबद्धता

शिक्षक महासंघसँगको नौ बुँदे सहमति मन्त्रिपरिषद्बाट अनुमोदन

काठमाडौं – मन्त्रिपरिषद् बैठकले शिक्षकसँग भएको सहमति अनुमोदन गरेको छ

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको