नेपाल–भारत सिमामा हुने अवैध कार्य रोक्न प्रहरी सक्रियता बढ्यो | Khabarhub Khabarhub

नेपाल–भारत सिमामा हुने अवैध कार्य रोक्न प्रहरी सक्रियता बढ्यो


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – नेपाल–भारत सीमावर्ती क्षेत्रमा हुने अवैध कार्य रोक्न बाँके प्रहरीले सक्रियता देखाएको छ ।

पछिल्लो छ महिनामा बाँके प्रहरीले भन्सार चोरी पैठारी रोकथाममा सक्रियता देखाइ रु चार करोड ३६ लाख २६ हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रहरीले यो अवधिमा भन्सार चोरी पैठारीमा २७, भारतबाट अवैधरुपमा ल्याइएका बोइलर कुखुरा, चल्ला, मासु र माछामा सात जनालाई पक्राउ गरी कार्वाही गरेको छ । भन्सार चोरी पैठारीबाहेक अन्य अवैध कारोवार रोकथाम गर्न पनि प्रहरीले सक्रियता बढाउँदै गएको छ ।

प्रहरीले सुन तस्करीमा दुई जना, जुवातासमा ६१ जना, ट्राफिक नियम उल्लङ्घनमा २० हजार ५३५ सवारी साधन र सवारी साधन चोरीमा १७ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

पछिल्लो छ महिनामा भन्सार चोरी पैठारीबाट रु चार करोड ३६ लाख २६ हजार ६०८, सुन तस्कर कारबाहीबाट रु तीन करोड १३ लाख ९७ हजार ६७५, ट्राफिक कारबाहीबाट रु एक करोड १२ लाख ३४ हजार ५०० र नदीजन्य पदार्थ उत्खननबाट रु तीन लाख ३० हजार गरी राजस्व सङ्कलन भएको बाँके प्रहरीले जनाएको छ।

जुवातास कारबाहीबाट रु नौ लाख ५१ हजार ६१०, काठ तस्कर कारबाहीबाट रु छ लाख ५३ हजार ९००, क्वारेन्टिन नगराइएका कुखुरा तथा माछा मासुबाट रु २० लाख र फरार अभियुक्तबाट असुल जरिवाना रु ३७ लाख ९९ हजार ५१४ गरी रु नौ करोड ३९ लाख ९३ हजार ८०७ असुली भएको प्रहरीको भनाइ छ । गत वर्ष यही अवधिमा रु दुई करोड ७५ लाख ३४ हजार ७३८ राजस्व सङ्कलन भएको थियो ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ११ : २० बजे

आहा ! ढोरपाटन

ढोरपाटन– यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ । राता,

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल

नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु

काठमाडौं– मधेश प्रदेशको वीरगञ्जस्थित संघीय नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण

सडकमा टायर बालेर नेविसंघको प्रदर्शन, १० जना समातिए 

काठमाडौं– विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, विद्यार्थीको प्रतिनिधित्व बिना

विपद्का बेला मानवीय सहयोगमा जुट्न रास्वपाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद्को समयमा मानवीय सहयोगमा सक्रियतापूर्वक