कोरोनाका कारण जिल्ला प्रशासनको सेवा स्थगित « Khabarhub

कोरोनाका कारण जिल्ला प्रशासनको सेवा स्थगित


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली–कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ । कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र सेवाग्राहीको अत्यधिक भीड हुँदा संक्रमण झन बढ्ने भएकाले यही माघ ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरिएको बताइएको छ ।

अत्यावश्यक सेवा लिन आउनेले पनि तोकिएका स्वास्थ्य सुरक्षालगायत मादण्ड पूर्ण पालना गर्नुपर्नेसमेत सूचनामा जनाइएको छ । दिपायलस्थित स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार गएको हप्तामा प्रदेशमा नमूना परीक्षण गरिएका १२ हजार ३१६ जनामध्ये झण्डै २४ प्रतिशत अर्थात् दुई हजार ९३४ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । कोरोना फैलिएयता हालसम्म प्रदेशमा चार लाख ६१ हजार ३२८ व्यक्तिको नमूना परीक्षण भइसकेको छ । नमूना परीक्षण भएको यो सङ्ख्या प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को झण्डै १८ प्रतिशत हो । हालसम्म ५३ हजार ११४ जना सङ्क्रमित भएका छन् ।

प्रदेशको पहाडी जिल्लाको तुलनामा तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर यो रोगको सङ्क्रमणबाट बढी सताइएका भएका छन् । दोस्रो लहरको कोरोनाको सङ्क्रमणका बेला गत वैशाख र जेठ महिनामा यो रोगको सङ्क्रमणदर र मृत्युदर उच्च थियो । असार महिना सुरु भएसँगै केही घटेको थियो । तेस्रो लहरको कारोना सङ्क्रमणसँगै गएको पुस अन्तिम सातादेखि एकाएक कोरोना सङ्क्रमण उकालो लागेको हो ।तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले यो रोगको सङ्क्रमण बढ्नसक्ने देखिएको स्वास्थ्यकर्मीको भनाइ थियो ।

रोग रोकथामका लागि निषेधाज्ञा जारी गरिए पनि सर्वसाधारणको चहलपहल नरोकिँदा रोगको थप जोखिम रहेको स्वास्थ्यकर्मीको भनाइ थियो ।सर्वसाधारणबाट तोकिएको मास्क प्रयोग नगरी जथाभावीरुपमा हिँड्ने, एकापसमा सामाजिक दूरी कायम नगर्ने र स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालनामा कमी कमजोरी देखिएको उनीहरूको गुनासो थियो ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  १ : ०० बजे

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट