कोरोनाका कारण जिल्ला प्रशासनको सेवा स्थगित | Khabarhub Khabarhub

कोरोनाका कारण जिल्ला प्रशासनको सेवा स्थगित


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली–कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ । कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र सेवाग्राहीको अत्यधिक भीड हुँदा संक्रमण झन बढ्ने भएकाले यही माघ ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरिएको बताइएको छ ।

अत्यावश्यक सेवा लिन आउनेले पनि तोकिएका स्वास्थ्य सुरक्षालगायत मादण्ड पूर्ण पालना गर्नुपर्नेसमेत सूचनामा जनाइएको छ । दिपायलस्थित स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार गएको हप्तामा प्रदेशमा नमूना परीक्षण गरिएका १२ हजार ३१६ जनामध्ये झण्डै २४ प्रतिशत अर्थात् दुई हजार ९३४ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । कोरोना फैलिएयता हालसम्म प्रदेशमा चार लाख ६१ हजार ३२८ व्यक्तिको नमूना परीक्षण भइसकेको छ । नमूना परीक्षण भएको यो सङ्ख्या प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को झण्डै १८ प्रतिशत हो । हालसम्म ५३ हजार ११४ जना सङ्क्रमित भएका छन् ।

प्रदेशको पहाडी जिल्लाको तुलनामा तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर यो रोगको सङ्क्रमणबाट बढी सताइएका भएका छन् । दोस्रो लहरको कोरोनाको सङ्क्रमणका बेला गत वैशाख र जेठ महिनामा यो रोगको सङ्क्रमणदर र मृत्युदर उच्च थियो । असार महिना सुरु भएसँगै केही घटेको थियो । तेस्रो लहरको कारोना सङ्क्रमणसँगै गएको पुस अन्तिम सातादेखि एकाएक कोरोना सङ्क्रमण उकालो लागेको हो ।तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले यो रोगको सङ्क्रमण बढ्नसक्ने देखिएको स्वास्थ्यकर्मीको भनाइ थियो ।

रोग रोकथामका लागि निषेधाज्ञा जारी गरिए पनि सर्वसाधारणको चहलपहल नरोकिँदा रोगको थप जोखिम रहेको स्वास्थ्यकर्मीको भनाइ थियो ।सर्वसाधारणबाट तोकिएको मास्क प्रयोग नगरी जथाभावीरुपमा हिँड्ने, एकापसमा सामाजिक दूरी कायम नगर्ने र स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालनामा कमी कमजोरी देखिएको उनीहरूको गुनासो थियो ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  १ : ०० बजे

चुरेमा हात्तीको बथान, बस्तीमा त्रास

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाको चुरे फेदीका वन क्षेत्रमा जङ्गली हात्तीको बथान

रोटरी न्यातपोलको अध्यक्षमा विष्णुकान्त, कफी खेती बढाउन किसानसँग सहकार्य गर्ने योजना

काठमाडौं- रोटरी न्यातपोलको अध्यक्षमा विष्णुकान्त घिमिरे नियुक्त भएका छन् ।

प्रधानमन्त्री ओलीले भने : अनलाइनबाट काम गर्ने, टाइमलान तोकेर नतिजा खोज्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा आएको एक वर्ष नपुग्दै

भानु जयन्ती : एक लाख पुरस्कार राशीको ‘शान्ति साहित्य सभा’ को स्थापना 

काठमाडौं– भानु जयन्तीको अवसरमा एक लाख पुरस्कार राशीको ‘शान्ति साहित्य

पक्राउ परेका विद्यार्थी नेताहरूलाई रिहा गर्न माग

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रहरीले