जडान नहुँदै भत्कियो बेलिब्रिज « Khabarhub

जडान नहुँदै भत्कियो बेलिब्रिज


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– हुम्ला लिङ्क रोडको मुगु खण्डमा पर्ने मुगु कणाली नदीमा निर्माण कार्य अन्तिम चरणमा पुगेको बेलिब्रिज भत्किएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १,३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा निर्माणको अन्तिम चरणमा पुगेको बेलिब्रिज जडान गर्ने क्रममा शुक्रवार राति भत्केको हो ।

छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंगशाहीले गएको वर्षको चैत महिनाको ५ गते सो पुलको शिलान्यास गरेका थिए । पुस मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने बेलिब्रिज भत्किदा निर्माण कार्य अझै पछि धकेलिएको छ ।

बेलिब्रिज भत्किदा जडानमा अझै समय लाग्ने कम्पनीका प्रतिनिधी बखत बहादुर मल्लले बताए । वेलिव्रिज निमार्णका लागि जलब रवि चक्र जेवि निमार्ण कम्पनीले नगरपालिकासँँग सम्झौता गरि निर्माण कार्य तोकिएकै मितिमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो ।

भत्केको बेलिब्रिज जडान गर्न एक सातादेखि १२ दिन लाग्ने मल्लको भनाई छ । भत्केको बेलिब्रिजमा मानवीय क्षति भने भएको छैन । भत्केको बेलिब्रिज लाई ठड्याउन २ वटा मेसिन लगाईएको छ । पुलको बीचको भाग बाङ्गगिएर काम नलाग्ने भएको छ । सो स्थानमा अरु नया भौतिक संरचना जडान गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।

नगरपालिका लाई हस्तानतरण गर्ने अवस्थामा रहेको पुल एक्कासी भत्किदा हस्तान्तरण गर्न ढिलाई हुने उनले बताए ।

५ करोड २० लाख ५५ हजार ९०२ रुपयाँको लागतमा बन्ने यो वेलिव्रिजको लम्वाई ५५ मिटर छ ।

ग्रामिण पहुचकार्यक्रम (र्‍याप ३) ले मुगु जिल्लाको सदरमुकाम गमगढी देखि हुम्लाजिल्लाको चंखेली गाँउपालिका देउली सम्म जनताको सहभागीतामार्फत सडक बनाए पनि मुगु कर्णालीमा पुलनहुदा यो सडक संचालनमा समस्या हुँदै आएको थियो ।

मुगु कणालीमाथि वेलिव्रिज निर्माण भएमा केही बस्तिका साथै हुम्ला जिल्लाका चंखेली, सर्केगाढ ,अदानचुली , खार्पुनाथ , सिमीकोट गाँउपालिकाका स्थानीय सम्म समयमै सडक पुग्ने अवस्था थियो, तर जडान कार्यमै पुल भत्किदा अलि लामो समय लाग्ने बताईएको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  २ : ३० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको