हिउँमा खेल्दै पाथीभराको दर्शन | Khabarhub Khabarhub

हिउँमा खेल्दै पाथीभराको दर्शन


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङको सदरमुकाम नजिक पाभीभरा र सुकेटार विमानस्थल क्षेत्रमा बाक्लो हिमपात भएको छ । विहीबारदेखि सुरु भएको वर्षासँगै तीन हजार ७०० मिटरमा अवस्थित पाथीभारा र २४ सय सय मिटर उचाई रहेको सुकेटार क्षेत्रमा बाक्लो हिमपात भएको हो ।

प्रसिद्ध धार्मिक स्थल पाथीभरा र पर्यटकीय क्षेत्रको रुपमा रहेको सुकेटार क्षेत्रमा धेरै वर्षपछि हिमपात भएको स्थानीयले बताएका छन् । पाथीभरा क्षेत्रमा हिमपात भएसंगै हिउँमा खेल्दै पाथीभराको मन्दिरको दर्शन गर्ने तीर्थयात्रीहरुको संख्या बढ्दै गएको छ । विहीबार ६० जना, शुक्रबार ५० जना तीर्थयात्रीले हिउँमा खेल्दै पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए । शनिबार करिब २०० जना तीर्थयात्रीहरु आएको समितिले जनाएको छ ।

यता फुङ्लिङबजार नजिक सुकेटारमा हिउँ परेसंगै शुक्रबार र शनिवार हिउँ खेल्नेको भीड लागेको छ । ताप्लेजुङका आएको समयमा सुकेटर क्षेत्रमै हिउँ खेल्ने अवसर पाउँदा खुसी लागेको धरानका सन्दीप लिम्बूले बताए । हिमपाताको समयमा पाभीभरा मन्दिरको दर्शनसंगै प्राकृतिक मनमोहक दृश्यको अवलोकन समेत गर्न सकिने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले बताए । ‘पुस महिनादेखि फागुनसम्म पाथीभरा क्षेत्रमा हिउँको आनन्द लिँदै पाथीभरा माताको दर्शन गर्न सकिन्छ । तीर्थ यात्रीहरुका लागि क्षेत्र विकास समितिले सहयोगी कर्मचारीहरुले सहयोग गर्ने छ ।’ हिमापातको समयमा हिउँमा खेल्दै पाथीभरामा पूजापाठ गर्ने आउने तीर्थयात्रीहरुको संख्या बढ्दै गएको काफ्लेको भनाइ छ ।

यता जिल्लाको उच्च हिमाली क्षेत्रमा धेरै बाक्लो हिमपात भएको छ । हिमाली बस्ती ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फले, तोक्पेगोला, ग्याब्ला लगायतमा दुई फिट बढी हिउँ थुप्रिएको स्थानीयले बताएका छन् । हिमपात र वर्षा भएपछि चिसोका कारण भने जिल्लाको जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ३ : ४५ बजे

प्रचण्डले प्रधानमन्त्रीलाई सोधे- ३०० दिनमा कहाँ जोडियो फ्लडलाइड र प्याराफिट ?

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रचण्डको कटाक्ष- स्वर्ग र नर्ककै गोलचक्करको पासोमा परेर कांग्रेसले जनमत बिर्सियो

काठमाडौं- प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ नेपाली

अप्राकृतिक गठबन्धनको चरित्र लोक नै लाज मान्ने गरी उजागर भयो : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा

मधेस प्रदेशसभा : विपक्षी दलको बहिष्कारकाबीच बजेटमाथि छलफल जारी

जनकपुरधाम– मधेस प्रदेशसभामा मधेस प्रदेशको आर्थिक वर्ष २०८२/०८३ का लागि

दुई ठूला दलको मिलोमतोमा संसद् ‘बिचौलियाको खेल मैदान’ भयो : प्रचण्ड

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले