हिउँमा खेल्दै पाथीभराको दर्शन « Khabarhub

हिउँमा खेल्दै पाथीभराको दर्शन


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङको सदरमुकाम नजिक पाभीभरा र सुकेटार विमानस्थल क्षेत्रमा बाक्लो हिमपात भएको छ । विहीबारदेखि सुरु भएको वर्षासँगै तीन हजार ७०० मिटरमा अवस्थित पाथीभारा र २४ सय सय मिटर उचाई रहेको सुकेटार क्षेत्रमा बाक्लो हिमपात भएको हो ।

प्रसिद्ध धार्मिक स्थल पाथीभरा र पर्यटकीय क्षेत्रको रुपमा रहेको सुकेटार क्षेत्रमा धेरै वर्षपछि हिमपात भएको स्थानीयले बताएका छन् । पाथीभरा क्षेत्रमा हिमपात भएसंगै हिउँमा खेल्दै पाथीभराको मन्दिरको दर्शन गर्ने तीर्थयात्रीहरुको संख्या बढ्दै गएको छ । विहीबार ६० जना, शुक्रबार ५० जना तीर्थयात्रीले हिउँमा खेल्दै पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए । शनिबार करिब २०० जना तीर्थयात्रीहरु आएको समितिले जनाएको छ ।

यता फुङ्लिङबजार नजिक सुकेटारमा हिउँ परेसंगै शुक्रबार र शनिवार हिउँ खेल्नेको भीड लागेको छ । ताप्लेजुङका आएको समयमा सुकेटर क्षेत्रमै हिउँ खेल्ने अवसर पाउँदा खुसी लागेको धरानका सन्दीप लिम्बूले बताए । हिमपाताको समयमा पाभीभरा मन्दिरको दर्शनसंगै प्राकृतिक मनमोहक दृश्यको अवलोकन समेत गर्न सकिने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले बताए । ‘पुस महिनादेखि फागुनसम्म पाथीभरा क्षेत्रमा हिउँको आनन्द लिँदै पाथीभरा माताको दर्शन गर्न सकिन्छ । तीर्थ यात्रीहरुका लागि क्षेत्र विकास समितिले सहयोगी कर्मचारीहरुले सहयोग गर्ने छ ।’ हिमापातको समयमा हिउँमा खेल्दै पाथीभरामा पूजापाठ गर्ने आउने तीर्थयात्रीहरुको संख्या बढ्दै गएको काफ्लेको भनाइ छ ।

यता जिल्लाको उच्च हिमाली क्षेत्रमा धेरै बाक्लो हिमपात भएको छ । हिमाली बस्ती ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फले, तोक्पेगोला, ग्याब्ला लगायतमा दुई फिट बढी हिउँ थुप्रिएको स्थानीयले बताएका छन् । हिमपात र वर्षा भएपछि चिसोका कारण भने जिल्लाको जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ३ : ४५ बजे

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु (तस्बिर)

भक्तपुर– भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका

ह्वाइट हाउस रात्रिभोजमा गोली प्रहार गर्ने ३१ वर्षीय युवक पक्राउ

वासिङ्टन– अमेरिकाको वासिङ्टनस्थित वासिङ्टन हिल्टन होटलमा आयोजित ‘ह्वाइट हाउस संवाददाता

ह्वाइट हाउसको ब्रिफिङ रुममा ट्रम्पले पत्रकारलाई दिए धन्यवाद

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस संवाददाता सङ्घलाई

लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट ४१

मनोहरा किनारको सुकुमवासी बस्तीमा डोजर लगाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन (तस्बिर)

काठमाडौँ– सरकारले भक्तपुरको मनोहरा नदी किनार क्षेत्रका अतिक्रमित संरचनामा आज