‘तपाईंको मास्क खै ?’ भन्दै मुख्यमन्त्री सडकमा « Khabarhub

‘तपाईंको मास्क खै ?’ भन्दै मुख्यमन्त्री सडकमा


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही ‘तपाईंको मास्क खै ?’ भन्दै सडकमा निस्किएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगर बजारमा मुख्यमन्त्री शाही ‘तपाईंको मास्क खै ?’ भन्दै सडकमा निस्किएका हुन् ।

मुख्यमन्त्री शाहीले कोरोना महामारीले देशभर आक्रान्त भएको र अनिवार्य मास्क लगाउन नागरिकहरुलाई आग्रह गरेका छन् । ‘हामीले सडकमा मास्क नलगाएर हिँडिरहेका धेरै जना देख्यौं,’ उनले भने, ‘सबैलाई मास्क अनिवार्य लगाउन आग्रह गरेका छौं ।’

कोरोना विरुद्ध खोप नलगाएका नागरिकलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउन पनि मुख्यमन्त्री शाहीले आग्रह गरेका गरेका थिए । ‘तपाईंहरुले खोप लगाउनु भएका छैन भने नजिकै खोप केन्द्रमा गएर खोप लगाउनु होला,’ उनले सडक भेटिएका नागरिकलाई भने,‘कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई कोरोना संक्रमण भएपनि त्यति धेरै असर नगर्ने चिकित्सकले बताएका छन् । त्यसैले अनिवार्य खोप लगाउनुहोला ।’

कर्णालीमा दिनयता कोरोना संक्रमण बढ्दै गएको छ । कर्णालीमा दैनिक ६ सयभन्दा बढी संक्रमित बढिरहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदम केसीले बताए । ‘कर्णालीमा परीक्षण गरिएकामध्ये ५७ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ,’ उनले भने, ‘यो जटिल परिस्थिति हो ।’

निर्देशनालयकाअनुसार सुर्खेतमा ३६० जना, सल्यानमा एक सय, कालीकोटमा १२९, दैलेखमा १२, जाजरकोटमा एक, रुकुम पश्चिममा ३७, जुम्लामा ६ जनामा र हुम्लामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ४ : ०० बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२-०८३ को एक

कठोर सरकारबाट आशा नदेख्दा इन्द्रबहादुर र गणेशहरूले त्यागे जीवन

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले एक सय दिन पूरा

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै

घातक आँधीपछि चीनमा टाइफुनको खतरा

एजेन्सी– एक सातायता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा

गणेश नेपालीको मृत्युपछि सरकारविरुद्ध वीर अस्पतालमा आफन्तको नाराबाजी

काठमाडौं– यतिबेला वीर अस्पतालमा मानव अधिकारकर्मी, मृतक गणेश नेपालीका आफन्तहरू सरकारविरुद्ध नाराबाजी गर्दै