रोल्पाको ऐतिहासिक होलेरी बजार अतिक्रमणको चपेटामा « Khabarhub

रोल्पाको ऐतिहासिक होलेरी बजार अतिक्रमणको चपेटामा


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पाको ऐतिहासिक होलेरी बजार अतिक्रमणको चपेटामा परेको छ ।

होलेरी बजार क्षेत्रस्थित विद्यालय र मन्दिरका नामका जग्गाका साथै सामुदायिक बन क्षेत्र तथा ऐलानी जग्गासमेत अतिक्रमण गरी घरटहरा बनेका छन् । बजार क्षेत्रको ऐलानी जग्गासमेत अतिक्रमण भएका छन् ।

होलेरीमा रहेको महेन्द्र माध्यमिक विद्यालयको स्वामित्वको जग्गामा ठूलठूला भवन र टहरा बनेको स्थानीयवासी नन्दराम खड्काले जानकारी दिए । मन्दिरको जग्गामा ग्यारेज तथा सामुदायिक बन र ऐलानी जग्गामा घरटहरा बनेका उनले बताए ।

नेपाली कांग्रेस, नेकपा (एमाले) र (माओवादी केन्द्र)का स्थानीयस्तरका उच्च राजनीतिक हैसियत भएका नेताहरुले नै ऐलानी जग्गामा घरटहरा बनाएको खड्को भनाइ छ । अतिक्रमण हटाउन स्थानीय सरकारले पहल गरे पनि सार्थक हुन नसकेको स्थानीयवासी बताउँछन् ।

“बजार क्षेत्रको गुरुयोजना बनाएर अगाडि बढ्ने सहमति भए पनि हालसम्म कार्यान्वयन भएको छैन”, उनले भने । स्थानीय सरकारले विभिन्न कार्यक्रममा लाखौँ बजेट खर्च गरे तापनि केही गर्न नसकेको स्थानीयको गुनासो छ ।

“सर्वपक्षीय बैठकको आयोजना गरेर समस्या हल गर्ने प्रयास गरेका छौँ”, रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले भने । सो ठाउँमा तीन÷चार थरीका जग्गा भएको पाइएकाले नापी कार्यालयको प्राविधिक सहयोगमा जग्गा छुट्याउने काम भइरहेको उनले बताए ।

बन क्षेत्र, मन्दिर, सडक, सार्वजनिक जग्गा सबै भएको हुँदा भूमि व्यवस्थापन आयोगको प्रक्रियाबाटै टुंग्याइने अध्यक्ष बुढाको भनाइ छ । उनले भने, “पन्ध्र दिनभित्र अतिक्रमित जग्गा छोड्न भनिएको छ, नछोडे कानूनी प्रक्रिया अगाडि बढ्छ ।”

स्वर्गद्वारीको प्रवेशद्वारका साथै स्वर्गद्वारी महाप्रभुको जन्मस्थान रुन्टीदेखि नजिकको दूरीमा रहेकाले होलेरीमा दैनिक हजारौँ तीर्थयात्री आवतजावत गर्दछन् । दक्षिण रोल्पाको महत्वपूर्ण व्यापारिक नाकासमेत रहेको होलेरी १० वर्षे सशस्त्र जनयुद्ध घोषणा गर्दा तत्कालीन विद्रोही नेकपा माओवादीले पहिलोपटक प्रहरीमाथि आक्रमण गरेको ठाउँ हो ।

धार्मिक, युद्ध र पर्या–पर्यटनका रुपमा विकास हुँदै गरेको होलेरी बजार क्षेत्रको अतिक्रमणले स्थानीयवासी चिन्तित भएका छन् ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ४ : २८ बजे

गणेश नेपालीबारे अस्पतालले भन्यो- ‘जुनसुकै बेला अवस्था बिग्रिन सक्छ’

काठमाडौं- जलनबाट गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै

६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको