दक्ष जनशक्ति नहुँदा आइसीयू सञ्चालनमा समस्या | Khabarhub Khabarhub

दक्ष जनशक्ति नहुँदा आइसीयू सञ्चालनमा समस्या


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– जिल्ला अस्पताल बझाङमा भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्ति अभाव भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहित आइसीयू कक्ष राख्ने निर्णयअनुरुप उक्त आइसीयू शैय्या ल्याइएको हो । गतवर्ष नै जिल्लामा ल्याइएको उक्त मेसिन सञ्चालन गर्न दक्ष जनशक्ति अभाव भएको छ ।

कोरोना महामारीको दोस्रो भेरियन्टका बेला जिल्लामा श्वासप्रश्वासका बिरामीका लागि ल्याइएको भए पनि दक्ष जनशक्ति नहुँदा उक्त शैय्या सञ्चालनमा ल्याउन नसकिएको हो ।

कोरोना महामारीको दोस्रो भेरियन्ट फैलिएका बेला बझाङमा झण्डै एक हजार ६०० भन्दा बढी संक्रमित भएका थिए भने २१ जनाले उपचार नपाएर ज्यान गुमाएका थिए ।

श्वासप्रश्वासमा समस्या भएका जटिल संक्रमितलाई डडेल्धुरा तथा कैलाली सिफारिस गर्ने गरेको र त्यहाँ नपुग्दै बाटोमै मृत्यु हुने गरेको थियो । जिल्लामा भेन्टिलेटरसहितको आइसीयू सञ्चालनका लागि दक्ष जनशक्ति अभाव रहेको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताए ।

यता जिल्ला अस्पताल बझाङका डा. मिलन खड्काका अनुसार अहिले उक्त दुईवटा भेन्टिलेटरसहित आठ आइसीयू शैय्या जडानकार्य सम्पन्न भएको छ । पुसको पहिलो सातामात्रै जडान कार्य गरिएको डा. खड्काले बताए ।

जनशक्ति अभावकै कारण लामो समयसम्म उक्त सेवा सञ्चालन गर्न नकिएको बताउँदै अहिले दुई जनालाई भेन्टिलेटरसहितको आइसीयू शैय्या सञ्चालन गर्न तालिम दिइएपछि सञ्चालन गर्न सकिने भनाइ छ ।

अहिले जिल्ला अस्पताल बझाङमा रहेको भेन्टिलेटरसहितको आइसीयू शैय्या सञ्चालनका लागि डा. खड्का र नर्स साधना खड्कालाई तालिम दिइएको जिल्ला अस्पतालका प्रमुख अनवेश कोइरालाले बताए ।

आगामी दिनमा जटिल तथा आइसीयूमा राख्नुपर्ने बिरामी भर्ना भएको खण्डमा पनि जिल्लामै उपचार गर्न सकिने डा.कोइरालाले बताए ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ७ : ४६ बजे

मधेस प्रदेशसभा : विपक्षी दलको बहिष्कारकाबीच बजेटमाथि छलफल जारी

जनकपुरधाम– मधेस प्रदेशसभामा मधेस प्रदेशको आर्थिक वर्ष २०८२/०८३ का लागि

दुई ठूला दलको मिलोमतोमा संसद् ‘बिचौलियाको खेल मैदान’ भयो : प्रचण्ड

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रधानमन्त्रीको अलमल : घुसमा मुछिएका दुई मन्त्री बर्खास्त गर्ने की सेटै फेर्ने ?

काठमाडौं–घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार

प्रचण्डले भने- विपद् व्यवस्थापन सामूहिक जिम्मेवारी हो, यस वर्ष थप क्षति हुन दिनुहुँदैन

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रिन्स ह्यारी र मेघन शाही सदस्यका रुपमा फर्केलान् ? गोप्य तस्बिर बाहिरिएपछि तनाव

काठमाडौं– बेलायती राजकुमार ह्यारी शाही पदमा फर्कन हतारो गरिरहेको आरोप