सरकारले मुलुकलाई गहिरो संकटतिर धकेल्यो- ओली « Khabarhub

सरकारले मुलुकलाई गहिरो संकटतिर धकेल्यो- ओली


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि गम्भीर आरोप लगाएका छन् ।

आज प्रेस वक्तव्य जारी गर्दै उनले गठबन्धनको सरकारको ६ महिने कार्यकालमा मुलुक गहिरो संकटतिर धकेलिँदै गएको लगायतका आरोप लगाएका हुन् ।

ओलीले शक्ति पृथकीकरण र राज्यका अंगहरुबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, बाह्य सम्बन्ध र शान्ति सुरक्षाको अवस्थालगायत प्रमुख पक्षहरु गम्भीर रुपले समस्याग्रस्त बनेको पनि आरोप लगाएका हुन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भू–भागमा एकतर्फी संरचना निर्माण गरिरहँदा पनि सरकारले आफ्नो अडान स्पष्ट पार्न नसकेको, संविधानका धाराको अपव्याख्या गरेर सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनलाई पर धकेल्दै लोकतन्त्रको मर्ममा प्रहार गर्न उद्यत रहेको आरोप पनि ओलीले आफ्नो वक्तव्यमार्फत् लगाएका छन् ।

उनले कोरोना महामारीको तेस्रो लहरमा सरकार गैरजिम्मेवार र निष्प्रभावी देखिएको र आफ्नो पार्टीका नेताहरुलाई बदनाम गर्न सरकारले सुनियोजित षड्यन्त्र गरिरहेको पनि वक्तव्यमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  २ : ४२ बजे

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्दै स्थानीय (तस्बिरहरू)

नुवाकोट– त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको

इरानविरुद्ध अमेरिकाको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ मा इयू पनि जोडियो

ब्रसेल्स- अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाब बढाउने अमेरिकी

रसुवा बाढीमा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते बुधबारआएको बाढीमा परी

रसुवा बाढीका घाइतेलाई सञ्चारमन्त्री तिमिल्सिनाले भेटे (तस्बिरहरू)

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी

दार्चुलामा पहिरोले चौलानी नदी थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह (भिडियोसहित)

दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिका–९ भट्टारमा ठूलो पहिरो खसेपछि चौलानी